१५ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जारी मतगणनामा एमालेको चरम असन्तुष्टि

१ जेष्ठ २०७९, आईतवार ११:२७

जेठ १, काठमाडौं | नेकपा एमालेले स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनाप्रति चरम असन्तुष्टि जनाएको छ । एक विज्ञप्तिमार्फत आइतबार सत्ता गठबन्धनले निर्वाचनमा तीन चरणमा धाँधली गरेको आरोप लगाउँदै एमालेले मतगणनामा असन्तुष्टि पोखेको हो । 

मत गणना गर्दा सत्ता गठबन्धनलाई फाइदा पुग्ने गरी उम्मेदवार भएको र नभएको दुई निर्वाचन चिन्हमा मतदान गरेकोमा सो मतपत्रको सम्बन्धित मत बदर हुनुपर्नेमा सदर गर्ने कार्य गरिएको एमालेको भनाइ छ ।  यस्तै मतगणना स्थलमा कानुनविपरीत सत्ता गठबन्धन पक्षधर उम्मेदवारको मतलाई सदर गर्ने र नेकपा (एमाले) पक्षधर उम्मेदवारको मत बदर गर्ने गरी फरक–फरक मानक बनाई पक्षपातपूर्ण व्यवहार गरेको एमालेको दाबी छ ।


सोको प्रतिवाद गरी पुनः मतगणनाको निवेदन दिँदा लिन अस्वीकार गरेको भन्दै एमालेले लमजुङको मध्यनेपाल नगरपालिकाको मतगणना स्थलबाट मतगणना प्रतिनिधिलाई हटाई एकलौटी मतगणना गर्ने काम भएको समेत आरोप लगाएको छ । 

यस्तै मतगणनाको क्रममा काठमाडौंको चन्द्रागिरी वडा नं. ३ र ४ लगायतका स्थानमा खसेको मतभन्दा बढी मत बाकसमा देखिएपछि पुनः मतदानको माग गर्दा अस्वीकार गरी निरन्तर मतगणना जारी राखेको महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

मत गणना कार्य छिटो छरितो हुनुपर्नेमा अनावश्यक ढिलाई गर्ने कार्य भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ । ‘हामी मतगणना शीघ्र सम्पन्न गर्न र मतगणनाको क्रममा हुने धाँधली र अनियमितता नियन्त्रण गर्न निर्वाचन आयोगसमक्ष माग गर्दछौं’, एमालेको विज्ञप्तिमा भनिएको छ ।  

मतगणना गर्दा सत्तापक्षले गरेको पुनः मतगणनाको मागलाई तत्कालै स्वीकार गर्ने र नेकपा (एमाले) ले गरेको मागलाई बेवास्ता गर्ने कार्य भएको पनि एमालेको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमती र युवकको प्रेमका कारण भयो वीरेन्द्रको हत्या सुन तस्करीमा संलग्न महरा थुनामुक्त सन्दुक बचत तथा ऋण सहकारीका अध्यक्ष पक्राउ खाना पकाउने क्रममा कुकर पड्किँदा घाइते भएकी महिलाको मृत्यु कांग्रेस–एमालेबीचको सहकार्य ०८४ सम्मै रहन्छ : ईश्वर पोखरेल आफ्नै पैसाले कार्यालय खोलेको कुनै पार्टी छ? : प्रधानमन्त्री ओली साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ विजेता भइएन भन्दैमा दुःख नमानौँ : प्रधानमन्त्री ओली खुमलटारमा देउसीको रौनक, छमछमी नाचेका प्रचण्डको दक्षिणा एक लाख रास्वपाले रवि पक्राउको विरोधमा दैउसीभैलो खेल्ने सकियो रविको बयान, आगामी सोमबार कास्की अदालतमा उपस्थित गराइने आज पनि सुनको मूल्य हालसम्मकै महँगो ! दिल्ली क्यापिटल्सबाट रिलिज भए रिषभ पन्त, मेगा अक्सनमा जादै खेललगत्तै काठमाडौं महानगरले खेलाडीलाई दियो २५ लाख, बालेन र सुनिताद्वारा चेक प्रदान सरकारले महिला फुटबल खेलाडीलाई जनही ३ लाख पुरस्कार दिने प्रहरीको कुकुर पूजा (फोटो फिचर) यम पंचकका पाँच दिन: यस्तो छ महत्व र पूजा विधि भैरहवा उडान गर्ने सर्तसहित थाइ एयरको उडान प्रतिबन्ध फुकुवा साफ च्याम्पियनसिपमा हारपछि महिला फुटबल टिमका मुख्य प्रशिक्षक तामाङद्वारा राजीनामा घोषणा अन्तरिम प्रशिक्षकको सफल सुरुआत, म्याचेस्टर युनाइटेड क्वार्टरफाइनलमा