२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा १८ वटा वडाको मतगणना सकिँदा ११ वटामा एमाले, ६ वटामा कांग्रेस विजयी

२०७९, १ जेष्ठ आईतवार १५:०९

जेठ १, रसुवा | शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । रसुवाको २७ वटा वडा मध्ये हालसम्म १८ वटा वडाको मतगणनाको कार्य सम्पन्न भएको छ । ८ बजेसम्मको नतिजा अनुसार २७ वटा वडामध्ये १८ वटाको मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा एमालेले ११, कांग्रेसले ६ र माओवादीले एउटामा वडाध्यक्ष पद जितेको छ । 

कालिका गाउँपालिका १ मा माओवादीको प्यानल, कालिका २ मा कांग्रेस प्यानल, कालिका ३ मा कांग्रेसको प्यानलै विजयी भएको छ । गोसाईंकुण्ड गाउँपालिका १ मा एमाले प्यानल, २ मा कांग्रेस प्यानल, ३ मा एमाले प्यानल, ४ मा कांग्रेस प्यानल र ५ मा एमाले प्यानलै विजयी भएका छन् ।

आमाछोदिङ्मो गाउँपालिका १ मा एमाले प्यानल, २ मा कांग्रेस प्यानल, ३ मा एमाले प्यानल र ४ मा एमाले प्यानलै विजयी भएका छन् । उत्तरगया गाउँपालिका १  मा एमाले प्यानल, २ मा एमाले प्यानल र ३ मा एमाले प्यानलै विजयी भएका छन् । नौकुण्ड गाउँपालिका १ मा कांग्रेस प्यानल, २ मा एमाले प्यानल र ३ मा एमाले प्यानलै विजयी भएका छन् । 

गोसाईंकुण्ड गाउँपालिका ६, कालिका गाउँपालिका ४ र ५, नौकुण्ड गाउँपालिका ४, ५ र ६, उत्तरगया गाउँपालिका ४ र ५, आमाछोदिङ्मो गाउँपालिका ५ को मतगणनाको नतिजा आउन बाकी रहेको छ । 

गोसाईंकुण्ड गाउँपालिका १ मा नेकपा नेकपा एमालेका उर्केन छिरिङ तामाङले ३ सय ९५ मत ल्याएर विजयी भए ।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्मा तामाङले ३ सय ६५ मत ल्याए । 

गोसाईंकुण्ड–२ मा नेपाली कांग्रेसका कामी छिरिङ तामाङले १ सय ९७ मत ल्याएर विजयी भए ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उर्किन तामाङले १ सय ८७ मत ल्याए । गोसाईंकुण्ड–३ मा नेकपा एमालेका मिङमर छिरिङ तामाङले  २ सय ६० मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डुक्तार  तामाङले १ सय ६७ मत ल्याए । गोसाईंकुण्ड–४ मा नेपाली कांग्रेसका डिण्डु लामा ज्याबा तामाङले १ सय ६६ मत ल्याएर विजयी भए ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तेम्बा लामाले १ सय ३६ मत ल्याए । गोसाईंकुण्ड ५ मा नेकपा एमालेका दावा मिङमार तामाङले ७ सय ७८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ङवाङदोर्जे तामाङले ७ सय २५ मत ल्याए । 

नौकुण्ड गाउँपालिका १ मा नेपाली कांग्रेसका कान्छा तामाङले ५ सय ६९ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राम नेकोरले ३ सय ८६ मत ल्याए । नौकुण्ड–२ मा नेकपा एमालेका ङाफु याल्बो थोक्राले ४ सय ६५ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लालसिङ नेकोरले ३ सय ३४ मत ल्याएर पराजित भए । नौकुण्ड गाउँपालिका ३ मा नेपाली एमालेका लोकेन्द्रदेब मोक्तानले ६ सय ७६  मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ओमबहादुर घलेले ४ सय ७६ मत ल्याए ।  

उत्तरगया गाउँपालिका १ मा नेकपा एमालेका मारसिङ तामाङले ५ सय ६० मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बमबहादुर तामाङले ४ सय ९६ मत ल्याए । उत्तरगया–२ मा नेकपा एमालेका टुकु सुवेदीले ३ सय ६८ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले २ सय ९९ मत ल्याएर पराजित भए । उत्तरगया–३ मा नेकपा एमालेका लालबहादुर तामाङले ४ सय ५१ मत ल्याएर विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवारले ४ सय २१ मत ल्याएका छन् । 

कालिका गाउँपालिका १ मा नेकपा (माओवादी केन्द्र) का दावा तामाङले ५ सय ६६ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छेवाङ सेनाम तामाङले ५ सय ४८ मत ल्याए । कालिका–२ मा नेपाली कांग्रेसका उमेश बहादुर न्यौपानेले ९ सय ७ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विक्रम लोप्चनले ७ सय ६६ मत ल्याए । कालिका ३ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका फडिन्द्र प्रसाद न्यौपानेले ४ सय ७२ मत ल्याएर विजयी भए ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पुष्पराज न्यौपानेले ४ सय ७० मत ल्याए ।  

आमाछोदिङ्मो गाउँपालिका १ मा नेकपा एमालेका साङ लामा तामाङले २ सय ९० मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पासाङदे तामाङले २ सय ४८ मत ल्याए । आमाछोदिङ्मो गाउँपालिका २ मा नेपाली कांग्रेसबाट ल्हाक्पा कामी तामाङले २ सय ५७ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अकाल तामाङले १ सय ९३ मत ल्याए । आमाछोदिङ्मो ३ मा नेकपा एमालेका सुरेन्द्र तामाङले ३ सय २८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कामी नाम्ग्याल तामाङले २ सय ८१ मत ल्याए । आमाछोदिङ्मो ४ मा नेकपा एमालेका धर्म तामाङले २ सय ८८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका ताम्प्रिङ घलेले २ सय ९ मत ल्याए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा