४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

ज्वालामुखी गाउँपालिकामा गठबन्धनकै अग्रता (अपडेट)

१ जेष्ठ २०७९, आईतवार १५:४२

जेठ १, काठमाडौँ । ज्वालामुखि गाउँपालिका प्रमुख र उप प्रमुख पदमा गठबन्धनका उम्मेदवारहरुले अग्रता लिईरहेका छन् । १ र २ नम्वर वडाको मतगणना सम्पन्न भई ३ र ४ को मत गणना जारी रहँदा पालिकाका प्रमुख पदमा नेपाली कांग्रेसका यामनाथ दनैले २११५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी एमालेका हरिराम लोहनीले १५६४ मत पाएका छन् । 

त्यस्तै पालिकाको उप-प्रमुख पदमा गठबन्धनकै उम्मेदवार एकीकृत समाजवादीका धर्म बहादुर अर्यालले १५५४ मत प्राप्त गरि अग्रता लिईरहेका छन् । उनका प्रतिद्वन्दी नेकपा एमालेकि चन्द्र कुमारी अधिकारीले १०९३ मत प्राप्त गरेकी छन् । 

ज्वालामुखी १ मा एमाले उम्मेदवार ७ मतको अन्तरले बिजयी 

ज्वालामुखी १ मा एमालेका वडा अध्यक्ष उम्मेदवार कृष्ण गिरि ५०२ मत पाएर बिजयी बनेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवारलाई ७ मतको अन्तरले पराजित गरेका हुन् । 

ज्वालामुखी १ मा एमालेकी शर्मिला भारती खनाल महिला सदस्य पदमा बिजयी बन्दा एमालेबाटै दलित महिला सदस्यामा सिता परियार बिजयी बनेकी छन् । त्यस्तै वडा सदस्यहरुमा कांग्रेसका भोजनारायण श्रेष्ठ र एमालेका बाबुकाजि तिवारी बिजयी भएका छन् । 

ज्वालामुखी २ मा नेपाली कांग्रेसका उम्मेदवार ३ मतको अन्तरले बिजयी 

ज्वालामुखी २ मा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार राजु लोप्पा ६२० मत पाएर बिजयी बनेका छन् । उनले माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवारलाई ३ मतको अन्तरले पराजित गरेका हुन् । यस वडामा कांग्रेसको प्यानलनै बिजयी भएको हो ।

ज्वालामुखी २ मा हिमा कुमारी गुरुङ महिला सदस्य पदमा बिजयी बन्दा दलित महिला सदस्यामा सीता गोर्खाली बिजयी बनेकी छन् । त्यस्तै वडा सदस्यहरुमा छाप बहादुर गन्द्रमा र धन बहादुर तामाङ बिजयी भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ