२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्वालामुखी १ का वडा सदस्यमा बिजयी घोषित गरिएका कांग्रेसका उम्मेदवार ९ घण्टापछि पराजित

२०७९, १ जेष्ठ आईतवार १६:०९

जेठ १, धादिङ । ज्वालामुखी १ का वडा सदस्यमा बिजयी घोषित गरिएका कांग्रेसका उम्मेदवार लोक बहादुर सामरी ९ घण्टापछि पराजित भएका छन् । वडा सदस्यमा निर्वाचित घोषणा गरि पठाइएको सामरीको नाम निर्वाचन आयोगले सच्याई पठाएपछि एमालेका उम्मेदवार बाबुकाजी तिवारी सदस्य पदमा प्राप्त मत संख्याको आधारमा वडा सदस्य पदमा निर्वाचित भएका हुन् । 

निर्वाचन आयोगका अनुसार 'मतपत्र ६ बाट दुई जना वडा सदस्य निर्वाचित हुने भएकोले वडा सदस्य २ जनाको मत गणना गर्दा ती २ कोलमका सम्पूर्ण उम्मेदवारहरु मध्ये सबैभन्दा बढी सदर मत पाउने क्रमश दुई उम्मेदवारलाई विजयी घोषणा गर्ने' नियम छ । यस आधारमा ज्वालामुखी १ बाट वडा सदस्य पदमा क्रमश ४७४ मत पाएका नेपाली कांग्रेसका उम्मेदवार भोज नारायण श्रेष्ठ र ४७० मत पाएका नेकपा एमालेका उम्मेदवार बाबुकाजी तिवारी बिजयी घोषित भएका हुन् । त्यस अघि नेपाली कांग्रेसका उम्मेदवार लोक बहादुर सामरी निर्वाचित भएको घोषणा गरिएको थियो । 

तल हेर्नुहोस् १२ घण्टा अघि सार्वजनिक भएको र ३ घण्टा अघि सार्वजनिक भएको दुई मतगणना विवरण:  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा