जेठ २, भरतपुर । चितवनको भरतपुर महानगरमा नेकपा एमालेका विजय सुवेदीले अग्रता लिएका छन् । सोमवार बिहान सम्मको गणनामा एमाले उम्मेदवार विजय सुवेदीले ३ हजार ८ सय ९९ मत पाएका छन् ।
माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ८ सय ५६ मत पाएकी छिन् । एमाले उम्मेदवार सुवेदी सँग गठबन्धनकी उम्मेदवार रेनु ४३ मतले पछि परेकी छिन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ५ सय ४८ मत पाएका छन् । ४ हजार ४ सय ३१ मतसहित नेपाली कांग्रेसका चित्रसेन अधिकारी उप मेयरमा अगाडि छन् ।