२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

ज्वालामुखी–३ को अध्यक्षमा नेपाली काँग्रेसका उमेश श्रेष्ठ निर्वाचित

२०७९, २ जेष्ठ सोमबार ०६:१५

जेठ २, धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ३ मा नेपाली काँग्रेसका उमेश श्रेष्ठ निर्वाचित भएका छन् ।

बिजयी श्रेष्ठले ११३२ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका रुद्रमान श्रेष्ठले १०२३ मत प्राप्त गरे ।

यस वडाबाट २०७४ को स्थानिय निकायको निर्वाचनमा एमालेका रुद्रमान श्रेष्ठ वडाअध्यक्ष पदमा विजयी भएका थिए । त्यतिबेला माओवादी केन्द्रबाट निर्वाचनमा उठेका उमेश श्रेष्ठ पराजित भएका थिए । बिजयी श्रेष्ठ एक वर्ष अघि मात्र नेपाली काँग्रेस प्रवेश गरेका थिए । 

ज्वालामुखी १ मा एमाले उम्मेदवार ७ मतको अन्तरले बिजयी 

ज्वालामुखी १ मा एमालेका वडा अध्यक्ष उम्मेदवार कृष्ण गिरि ५०२ मत पाएर बिजयी बनेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवारलाई ७ मतको अन्तरले पराजित गरेका हुन् । 

ज्वालामुखी १ मा एमालेकी शर्मिला भारती खनाल महिला सदस्य पदमा बिजयी बन्दा एमालेबाटै दलित महिला सदस्यामा सिता परियार बिजयी बनेकी छन् । त्यस्तै वडा सदस्यहरुमा कांग्रेसका भोजनारायण श्रेष्ठ र एमालेका बाबुकाजि तिवारी बिजयी भएका छन् । 

ज्वालामुखी २ मा नेपाली कांग्रेसका उम्मेदवार ३ मतको अन्तरले बिजयी 

ज्वालामुखी २ मा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार राजु लोप्पा ६२० मत पाएर बिजयी बनेका छन् । उनले माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवारलाई ३ मतको अन्तरले पराजित गरेका हुन् । यस वडामा कांग्रेसको प्यानलनै बिजयी भएको हो ।

ज्वालामुखी २ मा हिमा कुमारी गुरुङ महिला सदस्य पदमा बिजयी बन्दा दलित महिला सदस्यामा सीता गोर्खाली बिजयी बनेकी छन् । त्यस्तै वडा सदस्यहरुमा छाप बहादुर गन्द्रमा र धन बहादुर तामाङ बिजयी भएका छन् । 

अहिले वडा नम्वर ४ को मतगणनाको अन्तिम अवस्थामा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा