२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

पाणिनी गाउँपालिकामा एमालेका न्याैपाने विजयी

२०७९, २ जेष्ठ सोमबार ०७:५५

जेठ २, अर्घाखाँची | अर्घाखाँचीकाे पाणिनी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

एमाले इतरको गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेस अर्घाखाँचीका सचिव समेत रहेका अच्युत गौतम र उपाध्यक्षका उम्मेदवार लक्ष्मी गौतमलाई पराजित गर्दै एमालेका टेकराज न्याैपानेले जित हात पारेका हुन् ।

अध्यक्षमा निर्वाचित न्यौपानेले सात हजार सात सय ४९ मत ल्याए भने उपाापध्यक्ष पदका उम्मेदवार नर्मदा पौडेलले सात हजार ६ सय ६१ मत ल्याएकी छिन् ।  

पाणिनी गाउँपालिकालाई नेपाली कांग्रेसले आफ्नो आधार क्षेत्र बताउने गरेको थियो । ०७४ सालमा भएको एकल प्रतिस्पर्धामा जित निकालेको नेपाली कांग्रेसले यो पटक भने माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीलगायतका दलको साथ पाएर पनि पराजित भएको हो । यो पालिकामा चार वडा कांग्रेस र चार वडा नेकपा एमालेले जित निकालेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन