जेठ ३, काठमाडौँ | काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले १० हजार मत कटाएका छन्। स्वतन्त्र उम्मेदवार बलेन शाह नेकपा एमाले स्थापितभन्दा ४ हजार ७ सय ८८ मत अन्तरले र कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ५ हजार ४ सय ९९ मत अन्तरले अगाडि छन् ।
उनले अहिलेसम्म १० हजार २ सय ४१ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ५ हजार ४ सय ५३ मत ल्याएका छन्। त्यस्तै कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४ हजार ७ सय ४२ मत पाएकी छन्।