१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशभर २८२ स्थानीय तहको मतपरिणाम आउँदाः कांग्रेस ४५.३९, एमाले २७.६५ र माओवादी २१.६३ प्रतिशत विजयी

३ जेष्ठ २०७९, मंगलवार ०६:२२

जेठ २, काठमाडौं | गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । देशमा रहेका ७५३ स्थानीय तहमध्ये हालसम्म २८२ वटाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । 

अन्तिम मतपरिणाम आएकामध्ये सबैभन्दा बढी स्थानीय तहको प्रमुखमा नेपाली काग्रेसका उम्मेदवार विजयी बनेका छन् । 

कांग्रेसले अन्तिम मतपरिणाम सार्वजनिक भएका स्थानीय तहमध्ये १२८ वटाको प्रमुख आफ्नो पक्षमा पारेको छ । अर्थात, ४५.३९ स्थानीय तहको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । 

कांग्रेसपछि नेकपा एमालेका उम्मेदवार धेरै स्थानीय तहको प्रमुखमा विजयी बनेका छन् । हालसम्म आएको अन्तिम मतपरिणाममध्ये एमालेले ७९ स्थानीय तहको प्रमुख जित्न सफल भएको छ । अन्तिम मतपरिणाम आएकामध्ये २७.६५ प्रतिशत स्थानीय तहमा एमालेका उम्मेदवारले जितेका छन् । 

६१ वटा स्थानीय तहको प्रमुख जितेर नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा रहेको छ । अन्तिम मतपरिणा आएकामध्ये २१.६३ प्रतिशत स्थानीय तहको प्रमुख माओवादी उम्मेदवार विजयी बनेका छन् ।  

नेकपा (एकीकृत समाजवादी)ले हालसम्म ४ वटा स्थानीय तहको प्रमुख जितेको छ । यो भनेको अन्तिम मतपरिणाम आएका स्थानीय तहको १.४१ प्रतिशत हो । 

जनता समाजवादी पार्टी (जसपा), नेपालले हालसम्म ३ वटा स्थानीय तहको प्रमुख मात्र जितेको छ । उसले अन्तिम मतपरिणाम आएको स्थानीय तहमध्ये १.०६ प्रतिशत स्थानमा जितेको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले हालसम्म कुनै पनि स्थानीय तहको प्रमुख जित्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार