१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुम्लाका पाँच वडामा समाजवादी विजयी

३ जेष्ठ २०७९, मंगलवार ०८:११

जेठ २, जुम्ला | जुम्लामा नेकपा एकीकृत समाजवादी पार्टीले ५ वटा वडामा  निर्वाचित भएको छ । स्थानीय तह निर्वाचनमा जुम्लाका ८ ओटा स्थानीय तहका ६० वडामध्ये पछिल्लो मत परिणामअनुसार पाँच वडाका वडाध्यक्षमा समाजवादी निर्वाचित भएको हो ।

त्यस्तै, चन्दननाथ नगरपालिका – ७ वडामा समाजवादीका गणेश महत वडाध्यक्षमा निर्वाचित भएका छन् । वडाध्यक्षमा निर्वाचित महतले २७९ मत प्राप्त गरेका छन् ।  उनका प्रत्यासी एमालेका कमल बहादुर महतले २३९ मत प्राप्त गरी पराजित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ

यस्तै, हिमा गाउँपालिका –२ वडाको वडाध्यक्षमा समाजवादी पार्टीका हरिबहादुर रोकाया निर्वाचित भएका छन् । उनले १६६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी माओवादीका जयबहादुर रोकायाले १११ मत प्राप्त  गरेका छन् । सोही गाउँपालिका –७ वडाको वडाध्यक्षमा समाजवादीका विक्रम बहादुर शाही निर्वाचित भएका छन् । उनले २६० मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रत्यासी माओवादीका वीरजित रोकायाले १८० मत प्राप्त गरी पराजित भएका छन् ।

कनकासुन्दरी गाउँपालिका –७ को वडाध्यक्षमा समाजवादीका तेजबहादुर जिसी निर्वाचित भएका छन् । उनले २८८ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी एमालेका अजबहादुर रोकाय १८० मत प्राप्त गरी पराजित भएका हुन् ।

यस्तै, गुठीचौर गाउँपालिका –२ को वडाध्यक्षमा समाजवादीका दिपबहादुर रोकाया निर्वाचित भएका छन् । उनले ३२५ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी कांग्रेसका उजिलो बुढाले ३१३ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार