जेठ २ धादिङ | धादिङकाे गल्छी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार केदार खतिवडा विजयी हुनुभएकाे छ ।
खतिवडाले सात हजार तीन सय नाै मत प्राप्त गर्नुभयाे । उहाँकाे प्रतिस्पर्धी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) उम्मेदवार कृष्णहरि श्रेष्ठले सात हजार ५७ मत प्राप्त गर्नुभयाे ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एस मिलेर वडा सदस्यसम्म गठबन्धन गरेको यस पालिकामा उपाध्यक्षमा भने कांग्रेसका भाइकाजी तिवारी विजयी हुनुभएको छ । तिवारीले सात हजार चार सय ९४ मत प्राप्त गर्नुभयाे । उहाँका प्रतिस्पर्धी एमालेकी राधा तिमल्सिनाले सात हजार ५८ मत प्राप्त गर्नुभएको गल्छीका निर्वाचन अधिकृत दिपेन्द्र सुवेदीले जानकारी दिनुभयाे ।
आठ वडा रहेकाे गाउँपालिकामा एमालेले तीन, कांग्रेसले तीन र माओवादीले एक वडाध्यक्ष जितेकाे छ ।