२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

विजयी भएपछि अमरगढीका मेयरले मतदातालाई भने- यति हुँदैन्, अझै सहयाेग चाहिन्छ

३ जेष्ठ २०७९, मंगलवार ११:०५

 जेठ ३, डडेल्धुरा | अमरगढी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख डिल्लीराज जोशीले मतदातालाई अहिले गरेको सहयोगले मात्नै नपुग्ने र अझै सहयोग गर्नुपर्ने बताएका छन् । विजयी र्‍यालीपछि जोशीले यहाँसम्म पुर्‍याउन सहयोग गरेकोमा धन्यवाद दिँदै अझ सहयोग गर्नु पर्ने बताए । 

‘तपाईले सहयोग गर्नु भयो । यो सहयोगले म अमरगढीको विकासमा कटिबद्ध भएर लाग्नेछु। मलाई यहाँसम्म पुर्‍याउन सहयोग गर्नुभयो, योभन्दा अझ धेरै सहयोग चाहिन्छ,’ उनले भने ।

उनले आफूलाई सहयोग गर्न छोडे विकास नहुने चेतावनी पनि दिए । जोशीले बजार व्यवस्थापन, खानेपानीका समस्या, यातायातका समस्या, सडक बत्तीको समस्या, बसपार्कको समस्यालाई सामाधान गर्ने बताए । सुदूरपश्चिका सात वटा पहाडि जिल्लाको केन्द्रसँगैका साथै डडेल्धुरा रमाइलो भएकोले यसलाई पर्यटकीय नगरपालिकाको रूपमा अघि बढाउने बताए ।  उनले भने, ‘मलाई सहयोग गर्न छोड्नुभयो भने म विकास गर्न सक्दिन। यत्ति सहयोगले मलाई हुँदैन् । योभन्दा अझ सहयोग गर्नु भयो भने म अमरगढीलाई अगाडि लैजान सक्छु। विकासको काममा सहयोग गर्नु हुनेछ भन्ने आशावादी छु।’

जोशी कांग्रेस बिपी र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई हराउँदै नगरप्रमुखमा विजयी भएका हुन् । यहाँ कांग्रेस बिपी र एमालेका गठबन्धनका उम्मेदवार हरि भट्ट थिए । जोशीले तीन हजार ६ सय १९ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्धी भट्टले तीन हजार चार सय २६ मत पाए ।



  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट