२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

विजयी भएपछि अमरगढीका मेयरले मतदातालाई भने- यति हुँदैन्, अझै सहयाेग चाहिन्छ

२०७९, ३ जेष्ठ मंगलवार ११:०५

 जेठ ३, डडेल्धुरा | अमरगढी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख डिल्लीराज जोशीले मतदातालाई अहिले गरेको सहयोगले मात्नै नपुग्ने र अझै सहयोग गर्नुपर्ने बताएका छन् । विजयी र्‍यालीपछि जोशीले यहाँसम्म पुर्‍याउन सहयोग गरेकोमा धन्यवाद दिँदै अझ सहयोग गर्नु पर्ने बताए । 

‘तपाईले सहयोग गर्नु भयो । यो सहयोगले म अमरगढीको विकासमा कटिबद्ध भएर लाग्नेछु। मलाई यहाँसम्म पुर्‍याउन सहयोग गर्नुभयो, योभन्दा अझ धेरै सहयोग चाहिन्छ,’ उनले भने ।

उनले आफूलाई सहयोग गर्न छोडे विकास नहुने चेतावनी पनि दिए । जोशीले बजार व्यवस्थापन, खानेपानीका समस्या, यातायातका समस्या, सडक बत्तीको समस्या, बसपार्कको समस्यालाई सामाधान गर्ने बताए । सुदूरपश्चिका सात वटा पहाडि जिल्लाको केन्द्रसँगैका साथै डडेल्धुरा रमाइलो भएकोले यसलाई पर्यटकीय नगरपालिकाको रूपमा अघि बढाउने बताए ।  उनले भने, ‘मलाई सहयोग गर्न छोड्नुभयो भने म विकास गर्न सक्दिन। यत्ति सहयोगले मलाई हुँदैन् । योभन्दा अझ सहयोग गर्नु भयो भने म अमरगढीलाई अगाडि लैजान सक्छु। विकासको काममा सहयोग गर्नु हुनेछ भन्ने आशावादी छु।’

जोशी कांग्रेस बिपी र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई हराउँदै नगरप्रमुखमा विजयी भएका हुन् । यहाँ कांग्रेस बिपी र एमालेका गठबन्धनका उम्मेदवार हरि भट्ट थिए । जोशीले तीन हजार ६ सय १९ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्धी भट्टले तीन हजार चार सय २६ मत पाए ।



  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा