४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीको मेयरमा माओवादी विजयी

३ जेष्ठ २०७९, मंगलवार १२:४०

 जेठ ३, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा र उपमेयर पदमा नेकपा एकीकृत समाजवादीका सीता थापा विजयी भएका छन् ।

माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा (देशबन्धु ) ११ हजार ७२ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रत्याशी एमालेका इन्द्र नेपालले ६ हजार ७ सय ११ मत  ल्याए ।

उपमेयरमा नेकपा एकीकृत समाजवादीकी सीता थापाले ९ हजार ७ सय २६ मत ल्याएर विजयी हुँदा उनकी प्रत्याशी नेकपा एमालेकी बालकुमारी सापकोटा ६ हजार ५ सय ११ मत ल्याइन् ।

चौतारामा माओवादी र समाजवादीबीच चुनावी तालमेल भएको थियो । माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा (देशबन्धु ) सभामुख अग्नि प्रसाद सापकोटाका भाइ हुन् । २०७४ सालको निर्वाचनमा पनि सो नगरपालिकामा माओवादीलेनै जितेको थियो । 

अहिलेसम्म सिन्धुपाल्चोकमा सात वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भैसकेको छ । जसमा चौतारा साँगाचोकगढी नगरपालिका , बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका, हेलम्बु गाउँपालिका, बलेफि गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, ईन्द्रवती गाउँपालिका अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।

नेकपा माओवादी केन्द्रको २, नेपाली कांग्रेस ४, १ नेकपा एमालेले प्रमुख पदमा विजयी हासिल गरेको छ । सिन्धुपाल्चोकमा १२ वटा स्थानीय तह मध्ये ५ वटा पालिकाको मतगणना भने जारी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ