२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीको मेयरमा माओवादी विजयी

२०७९, ३ जेष्ठ मंगलवार १२:४०

 जेठ ३, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा र उपमेयर पदमा नेकपा एकीकृत समाजवादीका सीता थापा विजयी भएका छन् ।

माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा (देशबन्धु ) ११ हजार ७२ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रत्याशी एमालेका इन्द्र नेपालले ६ हजार ७ सय ११ मत  ल्याए ।

उपमेयरमा नेकपा एकीकृत समाजवादीकी सीता थापाले ९ हजार ७ सय २६ मत ल्याएर विजयी हुँदा उनकी प्रत्याशी नेकपा एमालेकी बालकुमारी सापकोटा ६ हजार ५ सय ११ मत ल्याइन् ।

चौतारामा माओवादी र समाजवादीबीच चुनावी तालमेल भएको थियो । माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा (देशबन्धु ) सभामुख अग्नि प्रसाद सापकोटाका भाइ हुन् । २०७४ सालको निर्वाचनमा पनि सो नगरपालिकामा माओवादीलेनै जितेको थियो । 

अहिलेसम्म सिन्धुपाल्चोकमा सात वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भैसकेको छ । जसमा चौतारा साँगाचोकगढी नगरपालिका , बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका, हेलम्बु गाउँपालिका, बलेफि गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, ईन्द्रवती गाउँपालिका अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।

नेकपा माओवादी केन्द्रको २, नेपाली कांग्रेस ४, १ नेकपा एमालेले प्रमुख पदमा विजयी हासिल गरेको छ । सिन्धुपाल्चोकमा १२ वटा स्थानीय तह मध्ये ५ वटा पालिकाको मतगणना भने जारी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते