४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

सुवाको पाँच वटै गाउँपालिकामा मतगणना सम्पन्न

३ जेष्ठ २०७९, मंगलवार १३:०२

जेठ ३, रसुवा | रसुवाको पाँच वटै गाउँपालिकाको मतगणनाको कार्य सक्किएको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन अन्तर्गत भएको मतदानको मतगणनाको कार्य सक्किएको हो । 

मतगणनाको नतिजा अनुसार जिल्लाको कालिका र आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने उत्तरगया र गोसाईंकुण्ड गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नौकुण्ड गाउँपालिकामा गाउँपालिका अध्यक्षमा नुर्बुस्याङ्बो घले विजयी भएका छन् । उपाध्यक्षमा नेकपा एमालेका चन्द्रबहादुर तामाङ विजयी भएका छन् । 

रसुवाको आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा बुचुङ तामाङले १४३० मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका फर्पुसिंगी तामाङले १३४५ मत पाए । उपाध्यक्षमा कांग्रेसकी चण्डिका तामाङ १३८१ मत ल्याएर निर्वाचित भइन् । उपाध्यक्षकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी नबिना लामाले १२२३ मत प्राप्त गरिन् । २०७४ सालमा भएको निर्वाचनमा अध्यक्षमा बुचुङ तामाङले नै जितेका थिए । उनी अहिले पुनः अध्यक्षमा दोहोरिएका हुन् । 

त्यसैगरि रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा हरिकृष्ण देवकोटाले २ हजार ६ सय २२ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कमलनाथ आचार्यले २ हजार २ सय ८३ मत पाए । नेकपा माओवादी केन्द्रका सोमबहादुर तामाङले १ हजार ५ सय २२ मत पाए । त्यसैगरि उपाध्यक्षमा नेपाली कांग्रेसकै मिरा लामाले २ हजार ८ सय १० मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी अम्बिका भट्ट (पौडेल) ले २ हजार २ मत प्राप्त गरिन् ।  २०७४ सालमा भएको निर्वाचनमा यो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले जितेको थियो । 

गोसाईंकुण्ड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा कैसाङ नुर्पु तामाङले २ हजार ५ सय ६३ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पेम्बा छिरिङ तामाङले २ हजार ८० मत पाए । 

यसैगरी उपाध्यक्षमा प्रतिमा लामाले २ हजार ५ सय ४५ मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी देकी तामाङले २ हजार ८८ मत ल्याएर पराजित भइन् ।

२०७४ सालमा भएको निर्वाचनमा अध्यक्षमा कैसाङनुर्पू तामाङले नै जितेका थिए । उनी अहिले पुनः दोहोरिएका हुन् । 

त्यसैगरि उत्तरगया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका माधव अर्याल २ हजार ९ सय ९९ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्र लम्सालले २ हजार ५ सय  ६० मत पाए । 

त्यसैगरि उपाध्यक्षमा नेकपा एमालेकी चमेली गुरुङले ३ हजार १ सय ३४ मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सुनितामाया गुरुङले २  हजार ४ सय ५२ मत प्राप्त गरिन् । चमेली गुरुङले २०७४ सालमा भएको निर्वाचनमा उपाध्यक्षमा जितेकी थिइन् । उनी अहिले पुनः दोहोरिएकी हुन् । 

नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा कांग्रेसका नुर्वुसाङ्बो घलेले ३४७४ मत पाए । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सिर्जना लामाले ३०९७ मत प्राप्त गरिन् ।

उपाध्यक्षमा एमालेका चन्द्रबहादुर तामाङले २९०४ मत ल्याएर निर्वाचित भए । उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका भुमे लामाले १९५१ मत पाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ