२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

सुवाको पाँच वटै गाउँपालिकामा मतगणना सम्पन्न

२०७९, ३ जेष्ठ मंगलवार १३:०२

जेठ ३, रसुवा | रसुवाको पाँच वटै गाउँपालिकाको मतगणनाको कार्य सक्किएको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन अन्तर्गत भएको मतदानको मतगणनाको कार्य सक्किएको हो । 

मतगणनाको नतिजा अनुसार जिल्लाको कालिका र आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने उत्तरगया र गोसाईंकुण्ड गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नौकुण्ड गाउँपालिकामा गाउँपालिका अध्यक्षमा नुर्बुस्याङ्बो घले विजयी भएका छन् । उपाध्यक्षमा नेकपा एमालेका चन्द्रबहादुर तामाङ विजयी भएका छन् । 

रसुवाको आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा बुचुङ तामाङले १४३० मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका फर्पुसिंगी तामाङले १३४५ मत पाए । उपाध्यक्षमा कांग्रेसकी चण्डिका तामाङ १३८१ मत ल्याएर निर्वाचित भइन् । उपाध्यक्षकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी नबिना लामाले १२२३ मत प्राप्त गरिन् । २०७४ सालमा भएको निर्वाचनमा अध्यक्षमा बुचुङ तामाङले नै जितेका थिए । उनी अहिले पुनः अध्यक्षमा दोहोरिएका हुन् । 

त्यसैगरि रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा हरिकृष्ण देवकोटाले २ हजार ६ सय २२ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कमलनाथ आचार्यले २ हजार २ सय ८३ मत पाए । नेकपा माओवादी केन्द्रका सोमबहादुर तामाङले १ हजार ५ सय २२ मत पाए । त्यसैगरि उपाध्यक्षमा नेपाली कांग्रेसकै मिरा लामाले २ हजार ८ सय १० मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी अम्बिका भट्ट (पौडेल) ले २ हजार २ मत प्राप्त गरिन् ।  २०७४ सालमा भएको निर्वाचनमा यो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले जितेको थियो । 

गोसाईंकुण्ड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा कैसाङ नुर्पु तामाङले २ हजार ५ सय ६३ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पेम्बा छिरिङ तामाङले २ हजार ८० मत पाए । 

यसैगरी उपाध्यक्षमा प्रतिमा लामाले २ हजार ५ सय ४५ मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी देकी तामाङले २ हजार ८८ मत ल्याएर पराजित भइन् ।

२०७४ सालमा भएको निर्वाचनमा अध्यक्षमा कैसाङनुर्पू तामाङले नै जितेका थिए । उनी अहिले पुनः दोहोरिएका हुन् । 

त्यसैगरि उत्तरगया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका माधव अर्याल २ हजार ९ सय ९९ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्र लम्सालले २ हजार ५ सय  ६० मत पाए । 

त्यसैगरि उपाध्यक्षमा नेकपा एमालेकी चमेली गुरुङले ३ हजार १ सय ३४ मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सुनितामाया गुरुङले २  हजार ४ सय ५२ मत प्राप्त गरिन् । चमेली गुरुङले २०७४ सालमा भएको निर्वाचनमा उपाध्यक्षमा जितेकी थिइन् । उनी अहिले पुनः दोहोरिएकी हुन् । 

नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा कांग्रेसका नुर्वुसाङ्बो घलेले ३४७४ मत पाए । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सिर्जना लामाले ३०९७ मत प्राप्त गरिन् ।

उपाध्यक्षमा एमालेका चन्द्रबहादुर तामाङले २९०४ मत ल्याएर निर्वाचित भए । उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका भुमे लामाले १९५१ मत पाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा