२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

यस्ताे छ डडेल्धुराका सातवटै स्थानीय तहको अन्तिम मत परिणाम

२०७९, ४ जेष्ठ बुधबार ०५:४२

जेठ ४, डडेल्धुरा | अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली का‌ग्रेस विजयी भएको छ। नेपाली कांग्रेस विपी र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई हराउँदै नगरप्रमुखमा डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएका हुन्।  कांग्रेस विपी र एमालेका गठबन्धनका उम्मेदवार हरि भट्टलाई हराउँदै प्रमुखमा जोशी र गठबन्धनकै उम्मेदवार यज्ञराज अवस्थीलाई हराउँदै झुकाल निर्वाचित भइन्।प्रमुखमा निर्वाचित जोशीले ३६१९ मत ल्याए।

उनका प्रतिद्वन्दी भट्टले ३४२६ मत पाए।  उपाध्यक्षमा विजयी झुकालले ३६७८ मत ल्याएर विजयी भइन्। उनकी प्रतिद्वन्दी यज्ञराज अवस्थीले ३०८५ मत पाए।

अजयमेरु गाउँपालिका

अजयमेरु गाउँपालिकाको अध्यक्षमा र नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस  विजयी भएको छ। अध्यक्षमा माओवादी केन्द्रका उमेशप्रसाद भट्ट र उपाध्यक्षमा नेपाली कांग्रेसकी बसन्ती पाल निर्वाचित भएका हुन्। नेकपा एमालेका उम्मेदवार पदम पाललाई हराउँदै माओवादी केन्द्रका भट्ट र माओवादी केन्द्रकी उम्मेदवार कलावती भाणलाई पछि पार्दै कांग्रेसकी पाल विजयी भइन्।

अध्यक्षमा निर्वाचित भट्टले २४६९ मत ल्याए। उनका प्रतिद्वन्द्वी २२९७ पालले मत पाए। यी दुईबीचको मतान्तर १७२ रहेको छ। यस्तै, नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार टेकराज पाण्डेयले १९८१ मत पाए।  उपाध्यक्षमा कांग्रेसकी पालले २५६५ मत ल्याइन् भने उनकी प्रतिद्वन्द्वी माओवादी केन्द्रकी भाणले २३०९ मत पाइन्। यी दुईबीचको मतान्तर २५६ रहेको छ। २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्रका भट्ट नै विजयी भएका थिए। यहाँ विपी कांग्रेस र एमालेको गठबन्धन छ।

नवदुर्गा गाउँपालिका

नवदुर्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई हराउँदै अध्यक्षमा लक्ष्मीप्रसाद अवस्थी र उपाध्यक्षमा निर्मला बिष्ट  विजयी भएका हुन्। नेकपा एकीकृत समाजवादीका कविन्द्र बिष्टलाई हराउँदै अध्यक्षमा अवस्थी र उपाध्यक्षमा समाजवादीकी चन्द्रा रूपालीलाई हराउँदै बिष्ट विजयी भइन्। अध्यक्षमा निर्वाचित अवस्थीले २८७९ मत ल्याए। उनका प्रतिद्वन्दी बिष्टले २६०६ मत पाए।

उपाध्यक्षमा विजयी बिष्टले ३२०८ मत ल्याएर विजयी भइन्। उनकी प्रतिद्वन्दी चन्द्रा रूपालीले २३६७ मत पाइन्।

आलिताल गाउँपालिका

आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। कांग्रेसका उम्मेदवारलाई हराउँदै अध्यक्ष शेरसिंह पार्की र उपाध्यक्षमा मैनाकुमारी रावल बोहरा निर्वाचित भएका हुन्।

कांग्रेसका बलबहादुर गुरुङलाई हराउँदै अध्यक्षमा पार्की र कांगेसकै जलाकुमारी विष्ट (बोगटी)लाई पछि पार्दै मैना उपाध्यक्षमा विजयी भइन्। अध्यक्षमा निर्वाचित पार्कीले २३ सय ८९ मत ल्याए। उनका प्रतिद्वन्द्वी गुरुङले २२ सय २४ मत पाए। पार्कीले गुरुङलाई १ सय ६५ मत बढी ल्याएर हराएका हुन्।

उपाध्यक्षमा विजयी रावलले २६ सय २ मत प्राप्त गरिन्। कांग्रेसकी बोगटीले २२ सय ४१ मत ल्याइन्। यी दुईबीचको मतान्तर ३ सय ६१ रह्यो।

गन्यापधुरा गाउँपालिका

गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा अन्त्यधिक बहुमतले निर्वाचित भएका छन्।

कांग्रेसबाट अध्यक्षका उम्मेदवार ईन्द्रबहादुर कार्कीले ३१८४मत प्राप्त गरी विजयी भए। उपाध्यक्षका उम्मेदवार ज्ञानु सेटीले ३०१३ मत प्राप्त गरी निर्वाचित भइन्।

अध्यक्षका अर्का उम्मेदवार काँग्रेस बिपीका सुरेन्द्र बहादुर मालीले १६०५ मत मात्रै प्राप्त गरे भने नेकपा एमालेका इन्द्र महराले १७०३ मत मात्रै प्राप्त गरे।

गन्यापधुरामा नेकपा एमाले र विपी कांग्रेसले गठबन्धन गरी चुनाव लडेका थिए। गाउँपालिकामा जम्मा ७ हजार मत खसेको उनले बताए।

भागेश्वर गाउँपालिका

डडेल्धुराको भागेश्वर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका हेमराज चटौत २३११ मतसहित पालिका अध्यक्षमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर शाहीले १०७८ मत ल्याए। यस्तै उपाध्यक्षमा काँग्रेसकै पुष्पा ठकुराठी निर्वाचित भएकी छिन्। उनले २३४८ मत प्राप्त गरेकी छन्। उनकी प्रतिस्पर्धी माओवादी केन्द्रकी गीता भट्टले ८३२ मत मात्र पाइन्।

परशुराम नगरपालिका

डडेल्धुराको परशुराम नगरपालिकाको  नगरप्रमुखमा  नेपाली कांग्रेसका भरत बडायर जाशी निर्वाचित भएका छन्।  जोशी  ५ हजार ९४१ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका शेर सिंह माल डायमण्डले  ५ हजार ८०५ मत ल्याए। एमालेका केशव बोहराले २ हजार ६०६ मत मात्रै प्राप्त गरे। नगर उप–प्रमुखमा माओवादीकि विमला महताले ५ हजार ८८५ मत ल्याएर विजयी भइन्। उनका निकटतम प्रतिद्धन्द्धि  नेपाली कांग्रेसकी कलावती बोहराले  ४ हजार ५९३ मत ल्याइन्। एमालेकि गोमती पन्तले भने  ३ हजार २९६ मत पाइन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा