२४ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

यस्ताे छ डडेल्धुराका सातवटै स्थानीय तहको अन्तिम मत परिणाम

४ जेष्ठ २०७९, बुधबार ०५:४२

जेठ ४, डडेल्धुरा | अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली का‌ग्रेस विजयी भएको छ। नेपाली कांग्रेस विपी र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई हराउँदै नगरप्रमुखमा डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएका हुन्।  कांग्रेस विपी र एमालेका गठबन्धनका उम्मेदवार हरि भट्टलाई हराउँदै प्रमुखमा जोशी र गठबन्धनकै उम्मेदवार यज्ञराज अवस्थीलाई हराउँदै झुकाल निर्वाचित भइन्।प्रमुखमा निर्वाचित जोशीले ३६१९ मत ल्याए।

उनका प्रतिद्वन्दी भट्टले ३४२६ मत पाए।  उपाध्यक्षमा विजयी झुकालले ३६७८ मत ल्याएर विजयी भइन्। उनकी प्रतिद्वन्दी यज्ञराज अवस्थीले ३०८५ मत पाए।

अजयमेरु गाउँपालिका

अजयमेरु गाउँपालिकाको अध्यक्षमा र नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस  विजयी भएको छ। अध्यक्षमा माओवादी केन्द्रका उमेशप्रसाद भट्ट र उपाध्यक्षमा नेपाली कांग्रेसकी बसन्ती पाल निर्वाचित भएका हुन्। नेकपा एमालेका उम्मेदवार पदम पाललाई हराउँदै माओवादी केन्द्रका भट्ट र माओवादी केन्द्रकी उम्मेदवार कलावती भाणलाई पछि पार्दै कांग्रेसकी पाल विजयी भइन्।

अध्यक्षमा निर्वाचित भट्टले २४६९ मत ल्याए। उनका प्रतिद्वन्द्वी २२९७ पालले मत पाए। यी दुईबीचको मतान्तर १७२ रहेको छ। यस्तै, नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार टेकराज पाण्डेयले १९८१ मत पाए।  उपाध्यक्षमा कांग्रेसकी पालले २५६५ मत ल्याइन् भने उनकी प्रतिद्वन्द्वी माओवादी केन्द्रकी भाणले २३०९ मत पाइन्। यी दुईबीचको मतान्तर २५६ रहेको छ। २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्रका भट्ट नै विजयी भएका थिए। यहाँ विपी कांग्रेस र एमालेको गठबन्धन छ।

नवदुर्गा गाउँपालिका

नवदुर्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई हराउँदै अध्यक्षमा लक्ष्मीप्रसाद अवस्थी र उपाध्यक्षमा निर्मला बिष्ट  विजयी भएका हुन्। नेकपा एकीकृत समाजवादीका कविन्द्र बिष्टलाई हराउँदै अध्यक्षमा अवस्थी र उपाध्यक्षमा समाजवादीकी चन्द्रा रूपालीलाई हराउँदै बिष्ट विजयी भइन्। अध्यक्षमा निर्वाचित अवस्थीले २८७९ मत ल्याए। उनका प्रतिद्वन्दी बिष्टले २६०६ मत पाए।

उपाध्यक्षमा विजयी बिष्टले ३२०८ मत ल्याएर विजयी भइन्। उनकी प्रतिद्वन्दी चन्द्रा रूपालीले २३६७ मत पाइन्।

आलिताल गाउँपालिका

आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। कांग्रेसका उम्मेदवारलाई हराउँदै अध्यक्ष शेरसिंह पार्की र उपाध्यक्षमा मैनाकुमारी रावल बोहरा निर्वाचित भएका हुन्।

कांग्रेसका बलबहादुर गुरुङलाई हराउँदै अध्यक्षमा पार्की र कांगेसकै जलाकुमारी विष्ट (बोगटी)लाई पछि पार्दै मैना उपाध्यक्षमा विजयी भइन्। अध्यक्षमा निर्वाचित पार्कीले २३ सय ८९ मत ल्याए। उनका प्रतिद्वन्द्वी गुरुङले २२ सय २४ मत पाए। पार्कीले गुरुङलाई १ सय ६५ मत बढी ल्याएर हराएका हुन्।

उपाध्यक्षमा विजयी रावलले २६ सय २ मत प्राप्त गरिन्। कांग्रेसकी बोगटीले २२ सय ४१ मत ल्याइन्। यी दुईबीचको मतान्तर ३ सय ६१ रह्यो।

गन्यापधुरा गाउँपालिका

गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा अन्त्यधिक बहुमतले निर्वाचित भएका छन्।

कांग्रेसबाट अध्यक्षका उम्मेदवार ईन्द्रबहादुर कार्कीले ३१८४मत प्राप्त गरी विजयी भए। उपाध्यक्षका उम्मेदवार ज्ञानु सेटीले ३०१३ मत प्राप्त गरी निर्वाचित भइन्।

अध्यक्षका अर्का उम्मेदवार काँग्रेस बिपीका सुरेन्द्र बहादुर मालीले १६०५ मत मात्रै प्राप्त गरे भने नेकपा एमालेका इन्द्र महराले १७०३ मत मात्रै प्राप्त गरे।

गन्यापधुरामा नेकपा एमाले र विपी कांग्रेसले गठबन्धन गरी चुनाव लडेका थिए। गाउँपालिकामा जम्मा ७ हजार मत खसेको उनले बताए।

भागेश्वर गाउँपालिका

डडेल्धुराको भागेश्वर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका हेमराज चटौत २३११ मतसहित पालिका अध्यक्षमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर शाहीले १०७८ मत ल्याए। यस्तै उपाध्यक्षमा काँग्रेसकै पुष्पा ठकुराठी निर्वाचित भएकी छिन्। उनले २३४८ मत प्राप्त गरेकी छन्। उनकी प्रतिस्पर्धी माओवादी केन्द्रकी गीता भट्टले ८३२ मत मात्र पाइन्।

परशुराम नगरपालिका

डडेल्धुराको परशुराम नगरपालिकाको  नगरप्रमुखमा  नेपाली कांग्रेसका भरत बडायर जाशी निर्वाचित भएका छन्।  जोशी  ५ हजार ९४१ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका शेर सिंह माल डायमण्डले  ५ हजार ८०५ मत ल्याए। एमालेका केशव बोहराले २ हजार ६०६ मत मात्रै प्राप्त गरे। नगर उप–प्रमुखमा माओवादीकि विमला महताले ५ हजार ८८५ मत ल्याएर विजयी भइन्। उनका निकटतम प्रतिद्धन्द्धि  नेपाली कांग्रेसकी कलावती बोहराले  ४ हजार ५९३ मत ल्याइन्। एमालेकि गोमती पन्तले भने  ३ हजार २९६ मत पाइन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–बुटवल सडक : दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने आजदेखि रास्वपाको जनयात्रा सुरु थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो