२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखा : जसले पाँच वर्षमा पासा पल्टाए अनि जोसँग हारे उसैलाई नै हराए

४ जेष्ठ २०७९, बुधबार ०७:२५

जेठ ४, गोरखा | भनिन्छ, ‘बगेको खोला फर्किँदैन । तर,  गोरखामा हालसालै नवनिर्वाचित दुई जनप्रतिनिधिले भने पाँच वर्षपछि ‘खोर्ला फर्काएका’छन् । मतलब, पाँच वर्षअघि आफ्नो पोल्टामा पार्न नसकेको नतिजा पाँच बर्ष पछि ‘पासा पल्टाएर’ झोलीमा हाल्न सफल भएका छन् ।

यी दुई हुन्, गोरखाको धार्चे गाउँपालिकाका र गोरखा नगरपालिकाका नवनिर्वाचित गाउँपालिका अध्यक्ष र नगरप्रमुख अध्यक्ष । अहिले धार्चे गाउँपालिकाको अध्यक्षमा निर्वाचित लक्ष्मण गुरुङ उनै हुन्, जो २०७४ को चुनावमा अध्यक्ष पदमै निकटतम प्रतिस्पर्धी भएर हार व्यहोरे ।

अनि, यो पटक गुरुङका निकटतम प्रतिस्पर्धी भएर हार व्यहोर्ने उनै हुन्, जसले अघिल्लो चुनावमा गुरुङलाई हराए । स्थानीस्य निर्वाचन २०७४ मा कांग्रेसका सन्तबहादुरु गुरुङले लक्ष्मणलाई मात्रै ६८ मतले हराएका थिए । त्यस निर्वाचनमा लक्ष्मण नयाँ शक्ति पार्टीबाट उम्मेद्वार बनेका थिए ।

भर्खरै सम्पन्न निर्वाचनमा भने लक्ष्मणले नेकपा माअ‍ोवादीबाट उम्मेद्वार बने । अनि, अघिल्लो निर्वाचनमा आफूलाई मात्रै ६८ मतले हराउने कांग्रेसका सन्तलाई १ हजार ८०६ मतान्तरले हराए ।

लक्ष्मणले  ३ हजार ७७१ मत प्राप्त गरेर विजयी बने भने उनका प्रतिस्पर्धी सन्तले १ हजार ९४५ मत ल्याएर पराजित भए । धार्चेका लक्ष्मणले मात्र हैन, पाँच वर्षअघि आफूलाई हराउनेलाई अहिले हराउने मध्य गोरखा नगरपालिकाका नवनिर्वाचित मेयर कृष्ण रानामगर पनि हुन् ।

संयोग भनौँ, या नियतिको खेल, पाँच वर्ष अघि हारेका माओवादीका कृष्ण रानामगर अहिले जिते, पाँच वर्ष अघि जितेका कांग्रेसका राजनराज पन्त अहिले हारे । अघिल्लो चुनावमा पन्तले ६ हजार ५६० मत ल्याएर जितेका थिए भने उपविजेता बनेका रानाले ५ हजार २६ मत पाएर हारेका थिए । पाँच वर्ष बित्यो रानामगरले पासा पल्टाए । अनि, जित आफ्नो पोल्टामा पारे ।

अन्तत : नेपाली कांग्रेसका निकटतम प्रतिस्पर्धी तथा निवर्तमान मेयर पन्तलाई हराउँदै गोरखा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका रानामगर निर्वाचित बनेका छन् । यस गरपालिकामा १४ वटा वडा रहेको छ । तर, रानामगरले १ देखि १३ वटा वडाको नतिजा सार्वजनिक हुँदा नै जितलाई सुनिश्चित गरेका छन् । 

१३ वटा वडाको नतिजा सार्वजनिक हुँदैमा ८ हजार २९५ मतका साथ अग्रता कायम राख्दै जित सुनिश्चित गरेका हुन् । तर, अन्तिम मतपरिणाम भने सार्वजनिक भएको छैन । उपविजेता बनेका पन्तले ६ हजार ४५६ मतका साथ पछ्याउँदै छन् । राना र पन्तको मतान्तर १ हजार ८३९ रहेको छ । वडा न १४ मा १ हजार ४०१ मत गन्न बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की