२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लमजुङको मध्यनेपाल नगरपालिका मेयरमा कांग्रेसका पाण्डे र उपमेयरमा एमालेकी गुरुङ विजयी

२०७९, ४ जेष्ठ बुधबार ०९:३१

जेठ ४, काठमाडौँ | लमजुङको मध्यनेपाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र  उपमेयरमा नेकपा एमाले विजयी भएको छ। मध्यनेपाल मेयरमा  एमालेलाई पराजित गर्दै गठबन्धनका कांग्रेसका उम्मेदवार रमेशकुमार पाण्डे विजयी भएका हुन्।  उपमेयरमा भने एमालेकी सीता गुरुङ निर्वाचित भएकी छिन् ।

मेयरमा निर्वाचित कांग्रेसका पाण्डेले  ६  हजार ५५२ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजकुमार श्रेष्ठले ६ हजार २१४ मत प्राप्त गरेका छन्।


यसैगरी, नगरपालिकाको उपमेयरमा एमालेकी सीता गुरुङ  विजयी भएकी छिन्। उनले ६ हजार ४ सय ७६ मत प्राप्त गरेकि छन्। गठबन्धनबाट  माओवादी केन्द्रबाट उपमेयरका उम्मेदवार बनेका उपेन्द्र अधिकारीले ५ हजार ६५  मत प्राप्त गरे ।  यसअघि पाँच वर्ष नगरपालिकाको प्रमुखमा रहेर काम गरेका पाण्डे पुनः दाेस्राे कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

मध्यनेपालमा  २०७४ को स्थानीय तहमा कांग्रेसले प्रमुख र एमालेले उपप्रमुख जितेको थियो। २०७४ मा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते