२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा बदर मत एक प्रतिशत मात्रै

४ जेष्ठ २०७९, बुधबार ०९:३७

जेठ ४, रसुवा | स्थानीय तहको निर्वाचनमा रसुवामा मत बदर न्यून देखिएकाे छ । ०७४ सालमा भएको निर्वाचनको तुलनामा यसपटक निकै कम मत बदर भएको हो । ०७४ सालका निर्वाचनमा २२ हजार ६ सय ८९ मत खसेकोमा एक हजार ६ सय २८ मत बदर भएको थियो । यो सात दशमलब ०५ प्रतिशत हो । तर, यसपटक ३० हजार चार मत खसेकोमा तीन सय १० मत मात्रै पूर्ण बदर भएको छ । यो एक दशमलब ०३ प्रतिशत हो । 

नतिजाअनुसार आमाछोदिङ्मो गाउँपालिकामा ३२, उत्तरगयामा ३७, कालिकामा ३९, गोसाइँकुण्डमा १३ र नौकुण्डमा एक सय ८९ मत बदर भएको छ। यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभए पनि बदर मत संख्या कम देखिएको जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए । 

जिल्लाको आमाछोदिङमोमा पाँच हजार ६० मतदातामध्ये चार हजार दुई सय १४, उत्तरगयामा आठ हजार चार सय दुईमध्ये ६ हजार पाँच सय १६, कालिकामा आठ हजार ६ सय ५६ मध्ये ६ हजार सात सय ७३, गोसाइँकुण्डमा पाँच हजार आठ सय ९० मध्ये चार हजार सात सय ७३ र नौकुण्डमा १० हजार पाँच सय ३७ मध्ये सात हजार सात सय २६ ले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’