काठमाडौँको मेयरमा बलेन शाहको अग्रता कायमै,स्थापितसँग ८ हजार ६ सय ९७ को मतान्तर

Posted on: 18 May, 2022

 जेठ ४, काठमाडौँ | काठमाडौं महानगरमा जारी मतगणनामा मेयरका स्वतन्त्र बलेन शाहले अग्रता कायमै राखेका छन् ।

उनले केहीबेरअघि सार्वजनिक मतपरिणाम अनुसार निकटतम प्रतिद्धन्दीसँग मतान्तर बढाउँदै १८ हजार १६ मत प्राप्त गरेका छन् ।

भने उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ९ हजार ३ सय १९ मत प्राप्त गरेका छन् । यसरी हेर्दा शाह र स्थापितबीच ८ हजार ६ सय ९७ मतको अन्तर देखिएको छ । त्यस्तै  गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी सिर्जना सिंहले ८ हजार ३ सय ७२ मत प्राप्त गरेकी छिन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!