जेठ ४, धनगढी | धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन्।
बुधबार साँझ साढे पाँच बजेसम्म २६ हजार ४१९ मत गणना हुँदा हमालले १२ हजार ३०४ मत प्राप्त गरेका छन्।
निकटम प्रतिद्वन्द्वी कांग्रेसका नृपबहादुर ओडले ५ हजार ८९२ मत प्राप्त गरेका छन्। हमाल ओडभन्दा ६ हजार ४१२ मतले अगाडि छन्। यो झण्डै तेब्बर मतान्तर हो।
एमालेका रणबहादुर चन्दले २ हजार ७५२ मत प्राप्त गरेका छन्।
उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारी क्षेत्रीले ५ हजार ३०९ मत प्राप्त गरेर अग्रता लिइरहेकी छन्।एमालेकी कन्दकला रानाले ४ हजार ७०० मत प्राप्त गरेकी छन्। स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार १५९ मत प्राप्त गरेर तेस्रो स्थानमा छन्।