काठमाडौँ वडा नम्वर २८: केशव स्थापितलाई सुरुवाती अग्रता

Posted on: 18 May, 2022

जेठ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मतगणना जारी छ । अहिले काठमाडौं २८ को मतगणना गरिदै छ । वडा नम्वर २८ नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितको आफ्नो वडा हो । उनले आफ्नो वडामा अग्रता लिएका छन् । वडा नम्वर २८ को २०० मत गन्दा स्थापितले ६० मत पाए भने बालेनले ४६ मत पाएका छन् । यस वडामा नेपाली कांग्रेसकी सिर्जना सिंहले भने ३३ मत पाएकी छन्। 

हालसम्म काठमाडौँ १, २, ३, र ५ को मतगणना सम्पन्न भएको छ। हालसम्म गनिएको चारै वडामा बालेननै अगाडि छन् । त्यस्तै वडा नम्बर ४, ६, ७, २९, ३०, ३१ र ३२ को पनि मतगणना जारी रहँदा पनि बालेनलेनै सबै वडामा अग्रता लिईरहेका छन् । 

बालेन शाहले काठमाडौँ १ बाट २३१८ मत खसेकोमा ७८३ मत, २ बाट ३३९७ मत खसेकोमा १२१५ मत, वडा नम्वर ३ बाट ६२६३ मत खसेकोमा २४०६ मत, वडा नम्वर ४ बाट ४०७९ मत खसेकोमा १५०१ मत पाएका छन् । यी वडाहरुको मतगणना सकिएको छ । 

यो समाचार तयार पार्दै गर्दा शाहले १८ हजार १६ मत पाएका छन् । त्यस्तै स्थापितले ९ हजार ३१९ मत पाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!