४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिद्धार्थनगरमा कांग्रेसका मेयर, एमालेको उपमेयर निर्वाचित, ५ वडामा पुरानै अनुहार

४ जेष्ठ २०७९, बुधबार १७:०१

मोहम्मद हबिब | जेठ ४, भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ ।

स्थानीय तह निर्वाचन २०७९ मा  नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका संविधान सभा सदस्य समेत रहेका इस्तियाक अहमद खान ९ हजार १३४ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीकाका उम्मेदवार पूर्व मेयर सागर प्रताप राणाले  ८ हजार १३७ मत प्राप्त गरे । २०७४ को चुनावमा हार व्योहोरेका राणा ९ सय ९७ मतान्तरले पछाडि परे । निर्वाचित खान मतगणना सुरु भएदेखि नै अग्रता लिइरहेका थिए । 

यस्तै नगरपािलको उपप्रमुखमा भने एमालेकी उमा अधिकारी निर्वाचित भएकी छन् । अधिकारीले  ८ हजार ८ सय १३ मत पाएर निर्वाचित भईन भने उनकी प्रतिद्वन्दी राप्रपाकी विनिता गुप्ताले ६ हजार ५४४ मत ल्याइन् ।


यस्तै गठबन्धनबाट उपमेयरको उम्मेदवारी पाएकी माओवादी केन्द्र की कमला थापाले ४ हजार ५ सय ९२ मत ल्याइन । पालिकामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भए पनि एमालेले उपप्रमुख जितेकोे छ । १३ वडा रहेको सिद्धार्थनगरमा ४४ हजार ६ सय ५२ मतदाता छन जसमध्ये ३२ हजार ६७ जनाले मताधिकार प्रयोग गरेका थिए ।

१३ वडा मध्ये कांग्रेसले ५ वटा, एमालेले ४वटा वडामा, राप्रपाले ३ वटा र जसपाले एक वडामा विजय निकालेको छ ।

वडा नम्बर एक बाट ७ सय ५८ मत ल्याई जसपाका उज्जवल पोखरेल, दुई बाट ४ सय ४३ मत ल्याई राप्रपाका छेदीलाल श्रीवास्तव, तीनबाट ८ सय ७ मत ल्याई नारायण उपाध्याय, चारबाट ९ सय ७ मत ल्याई मुक्तिनाथ यादव, पाँचबाट २ सय ६५ मत ल्याई नेपाली कांग्रेसका पुरन प्रसाद श्रेष्ठ, छ का एक हजार १ सय ५ मत ल्याई नेपाली कांग्रेसकै विरेन्द्र नाथ श्रीवास्तव, सातबाट ५ सय ३३ मत ल्याई दामोदर शर्मा घिमिरे, र वडा नम्बर ८ बाट पनि नेपाली कांग्रेसकै राजनजँग राणा १४ सय ८४ मत ल्याई विजयी बनेका छन् । 

यस्तै वडा नम्बर ९ बाट ८ सय ९४ मत ल्याई एमालेका शेषकान्त भण्डारी, वडा नम्बर १० बाट एक हजार एक मत ल्याई एमालेका सुर्जमन अहिर, वडा नम्बर ११ बाट ४ सय ८२ मत ल्याएर एमालेका दिलीप कुमार यादव, वडा नम्बर १२ बाट ६ सय ५५ मत ल्याएर एमालेका कुमार गुरुङ र वडा नम्बर १३ बाट  सोम बहादुर गुरुङले ६ सय ९३ मत ल्याएर विजयी बनेका छन् । वडामा आएका ८ अनुहार नयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ