जेठ ५, गोरखा | डा. बाबुराम भट्टराईको गृहनगर पालुङटार नगरपालिकाको मेयर र उपमेयर नेकपा माओवादी केन्द्रले जितेको छ । मेयरमा माओवादी उम्मेदवार विवस चिन्तन विजयी भएका छन् ।
उनीले ६ हजार ७२ मतका साथ मेयरमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका प्रेमबहादुर गुरुङले ५ हजार ७ सय १७ मत ल्याए । नेपाली कांग्रेसका मेयर उम्मेदवार दीपकबाबु कँडेलले ४ हजार ९ सय ९७ मत मात्रै पाए ।
त्यस्तै उपमेयर पनि माओवादीले नै जितेको छ । उपमेयरमा बन्दना पाण्डेले ५ हजार ५ सय ७९ मतसहित विजयी भइन् । उनकी प्रतिस्पर्धी कांग्रेस उम्मेदवार चेतकुमारी श्रेष्ठले ५ हजार ७७ मत ल्याइन् ।
जसपा–एमाले गठबन्धनबाट उपमेयर उम्मेदवार एमालेकी पार्वती पाठकले ४ हजार २ सय ८१ मत मात्रै पाइन् ।