२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लमजुङमा कांग्रेस र एमालेको बराबर शक्ति

२०७९, ५ जेष्ठ बिहीबार ०५:०६

जेठ ५, लमजुङ | लमजुङमा नेपाली कांग्रेस र एमालेले समान शक्ति प्रदर्शन गरिएका छन् । दुबै पार्टीले चार चार वटा स्थानीय तहमा जित हासिल गरेका हुन् ।

सदरमुकामसमेत रहेको बेंसीसहर नगरपालिकामा एमालेका गुमानसिंह अर्याल पुनः निर्वाचित भएका छन् । उपमेयरमा पद्मा गुरुङ निर्वाचित भएकी छन् । दुवैजना सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै निर्वाचित भएका हुन् ।

गुमानसिंहले यसपटक सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका श्रीकान्त घिमिरेलाई २ हजार ८ मतले हराएका छन् । अर्यालले ९ हजार ४ सय ७९ मत पाएका छन् । सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका हरिजंग तामाङलाई ४ हजार १५ मतले हराएकी पदमाले ८ हजार ७ सय १४ मत पाएकी छन् । श्रीकान्तले ७ हजार ४ सय ७१ मत पाएका छन् । हरिजंगले ४ हजार ६ सय ९९ मत पाएका छन् । गठबन्धनबाट असन्तुष्ट बागी उम्मेदवार कांग्रेसका जीवनकुमार श्रेष्ठले उपप्रमुखमा १ हजार ६ सय १५ मत पाएका छन् ।

राइनास नगरपालिका मेयरमा कांग्रेसका खड्गबहादुर गुरुङ विजयी भएका छन् । उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार पुष्पराज खनाल विजयी भए । गुरुङले ५ हजार ८ सय २६ मत ल्याएका छन् । प्रतिद्वन्द्वी एमालेका सिंहबहादुर थापाले ४ हजार २ सय ४४ मत ल्याए । ५ वर्ष राइनास नगरपालिका मेयर रहेका  सिंहबहादुरलाई यसपटक खड्गबहादुरले हराएका हुन् ।

उपमेयरमा निर्वाचित खनालले ५ हजार ८ सय ८६ मत पाएका छन् । प्रतिद्वन्द्वी एमालेकी शोभा पन्थीले ३ हजार २ सय ३४ मत ल्याएकी छन् । 

सुन्दरबजार नगरपालिका मेयरमा कांग्रेसका कृष्णप्रसाद कोइराला निर्वाचित भएका छन् । उपमेयरमा एमालेकी भवानी केसी निर्वाचित भएकी छन् । विजयी कोइरालाले ६ हजार ६ सय ४१ मत ल्याउँदा । निकटम प्रतिस्पर्धी एमालेका भीमबहादुर गुरुङ ६ हजार ३६ मत ल्याए ।  एमालेका भवानी केसीले ५ हजार १८ मत ल्याएर विजयी हुँदा  निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार द्वारिकाप्रसाद मिश्रले ४ हजार ४ सय ७५ मत ल्याए ।

मध्यनेपाल नगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेसका रमेशकुमार पाण्डे निर्वाचित भएका छन् । एमाले उम्मेदवार राजकुमार श्रेष्ठलाई ३ सय ३७ मतले हराउँदै पाण्डे विजयी भएका हुन् । पाण्डेले ६ हजार ५ सय ५२ मत पाए भने श्रेष्ठले ६ हजार २ सय १४ मत पाए ।  उपमेयरमा एमालेकी सीता गुरुङले सत्ता गठबन्धनका माओवादी केन्द्रका उपेन्द्र अधिकारीलाई १ हजार ३ सय ४२ मत अन्तरले हराउँदै विजयी भएकी छन् । सीताले ६ हजार ४ सय १६ मत प्राप्त गरिन् । माओवादी केन्द्रका उपेन्द्रले ५ हजार ६५ मत पाए । 

दोर्दी गाउँपालिकामा सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका लालबहादुर गुरुङलाई हराउँदै एमालेका युवराज अधिकारी अध्यक्षमा निर्वाचित भएका छन् । लालबहादुरलाई ८७ मतअन्तरले हराउँदै आगामी ५ वर्षका लागि दोर्दी गाउँपालिका अध्यक्षमा युवराज निर्वाचित भएका हुन् । युवराजले ४ हजार ७ सय ३८ मत ल्याए । लालबहादुरले ४ हजार ६ सय ५१ मत ल्याए । उपाध्यक्षमा गठबन्धन उम्मेदवार, कांग्रेस दोर्दी गाउँपालिका सभापति समेत रहेका विच्छबहादुर घले ४ हजार ९ सय ५८ मतका साथ विजयी भएका छन् । प्रतिद्धन्दी एमालेकी उषा गुरुङले ४ हजार १ सय ९० मत ल्याएकी छन् । विच्छबहादुर र उषाको मत ८ सय ४८ को फरक छ  । 

मर्स्याङदी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । गठबन्धनका उम्मेदवारलाई अर्जुन गुरुङ मेयरमा निर्वाचित भएका हुन् ।यसअघि ५ वर्ष गाउँपालिका अध्यक्षमा रहेका अर्जुन पुनः निर्वाचित भएका हुन् । अर्जुनले ६ हजार १ सय ३० मत प्राप्त गर्दा प्रतिद्वन्द्वी कांग्रेसका लोकनाथले ४ हजार ३ सय ६९ मत ल्याए । 

उपाध्यक्षमा एमालेका जुनामाया थापा ५ हजार ८ सय ९५ मत ल्याएर विजयी भएकी छन् । सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अजय तामाङले ४ हजार १० मत ल्याएका छन् । 

क्व्होलासोंथर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै एमालेले जितेको छ । अध्यक्षमा सूर्यप्रसाद गुरुङ ३ हजार ८ सय ५६ मतसहित विजयी हुँदा कांग्रेसका टेकबहादुर गुरुङले २ हजार ४ सय ८९ मत ल्याए ।  उपाध्यक्षमा गमी गुरुङ ३ हजार ९ सय ८९ मत ल्याएर  वियजी भएकी छन् । कांग्रेसकी सिर्जना गुरुङले २ हजार ३ सय ४० मत पाएकी छन् । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको गृहपालिका क्व्होलासोंथर गाउँपालिकामा एमालेको प्यानलै विजयी भएको हो ।

दूधपोखरी गाउँपालिकामा गठबन्धन विजयी भएको छ । कांग्रेसका धनप्रसाद गुरुङ ३ हजार ६५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा माओवादी केन्द्रका क्षेत्रबहादुर गुरुङ २ हजार ५ सय ६८ मत ल्याएर विजयी भएका छन् । अध्यक्षका प्रतिस्पर्धी एमालेका तेजबहादुर गुरुङले २ हजार २४ मत पाएका छन् । उपाध्यक्षका प्रत्यासी एमालेकी कृष्णमाया गुरुङले १ हजार ७ सय ७४ मत प्राप्त गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा