२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश र संघमा गठबन्धन स्थानीयमा भन्दा सफल हुन्छ – उपाध्यक्ष राई

२०७९, ५ जेष्ठ बिहीबार ०५:४४

जेठ ५, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) कि उपाध्यक्ष जयन्ती राईले कम स्थानीय तहमा निर्वाचन जित्‍ने अवस्था भए पनि राजनीतिक लडाइँ भने जितेको बताएकी छिन् । 

नेकपा एमालेलाई लक्षित गर्दै उनले निर्वाचनमार्फत प्रतिगामी प्रवृत्तिको दललाई ‘साइज’मा ल्याउन सकिएको बताइन् । 

‘हामीले जुन प्रवृत्तिविरुद्धको लडाइँ लडेका थियौँ । निर्वाचन परिणामले त लडाइँ जितेको देखाइदियो । तर, पूर्ण सफल होइन । साइजमा चाहिँ ल्याउने काम भयो’, न्युज कारखानासँग भनेकी छिन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले भने नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बाट धोका पाएको आरोप लगाउँदै आएका छन् । 

सोमबार मदन आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै उनले तालमेलबारे समीक्षा आवश्यक रहेको समेत बताएका थिए । तर, उनकै पार्टी उपाध्यक्ष राईले भने तालमेल सफल नै भएको बताइकी हुन् ।   प्रदेश र सङ्‍घीय निर्वाचनमा भने तालमेल अझ सफल हुने उपाध्यक्ष राईले बताइन् । 

‘स्थानीय तहमा पो मतदाताले नातागोता हेर्छन् । प्रदेश र सङ्‍घमा त्यस्तो हुँदैन’, उनले भनिन्, ‘बढी तालमेल सफल हुने स्थानीयमा भन्दा पनि प्रदेश र सङ्‌‍घमा हुन्छ ।’

तालमेल सफल भएको दाबी गरिए पनि गठबन्धनलाई नै तोडेर धेरै ठाउँमा एमाले उम्मेदवारहरू विजयी भएका छन् ।  यद्यपि, पहिलेको तुलनामा एमालेले करिब ९५ स्थानीय तह भने गुमाउनुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते