२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

मतपरिणाम घोषणा गरेपछि महोत्तरीमा मतगणना नगरिएको मतपेटिका भेटियो

५ जेष्ठ २०७९, बिहीबार ०७:५१

जेठ ५, महोत्तरी | बर्दिबासमा मतपेटिका नखोल्दै मतपरिणाम घोषणा गरिएको भेटिएको छ । तीन दिन अगाडि बर्दिबास नगरपालिका-८ को मतपरिणाममा निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले माओवादी केन्द्रबाट शमशेरसिंह लामा विजयी भएको घोषणा गरेका थिए ।

मतगणनामा धाँधली भएको एमालेले आरोप लगाइरहेका वेला सिल नै नतोडिएको मतपेटिका भेटिएपछि निर्वाचन आयोगमाथि नै प्रश्न खडा भएकाे छ । निर्वाचन अधिकृत सापकोटाले गरेको घोषणाअनुसार माओवादी केन्द्रबाट लामाले आठ मतले उछिन्दै एमालेका रुद्र किङरिङलाई पराजित गरेका थिए ।

यता निर्वाचन अधिकृतको कार्यालय बर्दिबासले भने स्टोरमा राख्ने क्रममा त्रुटि भएको जनाएको छ । `वडा न.८ को मतपेटिका मतदान अधिकृतले दिएको जानकारीअनुसार नै रुजु गरियो र सबै मतपेटिका एकै ठाउँमा राखेका थियौ‌,´ सहायक निर्वाचन अधिकृत सर्मिला तामाङले भनिन् । उनका अनुसार सर्वदलीय बैठक राखेर यसकाे समाधान खोजिने छ ।

फूलमाला र अविरसहित विजय जुलुस मनाइसकेको माओवादी भने निर्वाचन आयोगको त्रुटिलाई स्विकार्ने अवस्थामा छैन । माओवादी केन्द्र प्रदेश कमिटी सदस्य राजन ढुंगनाले भेटिएको मतमेटिकालाई खोलेर पुन: मतगणना गर्नु कुनै अर्थ नरहेको बताए । `निर्वाचन आयोगले माओवादी केन्द्रका शमशेरसिंह विजयी भएको घोषणा गरेसँगै निर्वाचन आयोगले समेत त्यसलाई प्रमाणीकरण गरिसकेको छ अनि मतपेटिका खोलेर मतगणना गर्नुको के नै अर्थ रहयो र ? ´ ढुंगानाले प्रतिप्रश्न गरे ।

निर्वाचन अधिकृतको कार्यालय बर्दिबासले भने मानवीय भूललाई स्वीकार गरेर समाधानको निकास निकाल्नेमा आफू विश्वस्त रहेकाे जनाएकाे छ । बर्दिबास नगरपालिकाकाे अन्तिम मतपरिणाम आउन बाँकी नै छ । वडा नम्बर ९ को मतगणना सकिएपछि अन्तिम मतपरिणाम सार्वजनिक हुने पर्खाइमा बसेका सर्वसाधारण वडा नम्बर ८ विवाद नसुल्झिएसम्म प्रतीक्षामा रहनुपर्ने देखिएको छ ।

निर्वाचन आयोगले घोषणा गरेको वडा नम्बर ८ को मतपरिणामअनुसार माओवादी केन्द्रका शमशेरसिंह लामाले ७५३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रुद्र किङरिङले ७४४ मत प्राप्त गरेका छन् । नखोलिएको मतपेटिकामा अझै ८० देखि ८५ मतपत्र हुनसक्ने आसंका गरिएको छ । एमालेले भने सिल नतोडिएको मतपेटिका भए बाँकी मतगणना गर्नुपर्ने माग अघि सारेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा