१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतगणनास्थल पुगेर सिर्जनाले भनिन्- जित्नेमा ढुक्क छु, धेरै भोट गन्न बाँकी भएकाले अहिले नै नबोलौं

५ जेष्ठ २०७९, बिहीबार ०९:४९

जेठ ५, काठमाडौँ । पछिल्ला मतपरिणाममा तेस्रो स्थानमा रहेकी सिंहको ८ नम्बरमा धेरै भोट आएपछि उनी मतगणनास्थल पुगेको छिन् । काठमाडौं महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले आफू जित्नेमा ढुक्क रहेको बताएकी छिन् ।


मतगणनास्थल राष्ट्रियसभा गृह पुगेकी उनले मतपरिणामबारे अहिले नै बोल्नु हतार हुने बताइन् ।

‘धेरै वडामा हामीले लिड गरिरहेका छौँ । एक लाख ९० हजार मतमध्ये ६० हजार मात्र गणना भएको छ । त्यसैले मतपरिणामबारे अहिले नै बोल्नु हतार हुन्छ’, सञ्चारकर्मीसँग सिर्जनाले भनिन् ।

उनले परिणामबारे मतगणना सम्पन्न भएपछि छलफल गरेर मात्र धारणा सार्वजनिक गर्ने पनि बताइन् ।

पछिल्लो मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले २२ हजार ८४२ मत पाएका छन् । दोस्रोमा एमालेका केशव स्थापितले  ११ हजार ७६९ मत ल्याएका छन् भने सिंह १० हजार ९८६ मतका साथ तेस्रो स्थानमा छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार