२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सप्तरीको शम्भुनाथ नगरपालिका मेयरमा एकीकृत समाजवादीका जितेन्द्रप्रसाद विजयी

२०७९, ५ जेष्ठ बिहीबार ०९:५७

जेठ ५, सप्तरी । शम्भुनाथ नगरपालिका मेयरमा नेकपा एकीकृत समाजवादीका जितेन्द्रप्रसाद गुप्ता कलवार निर्वाचित भएका छन्। उनले ५ हजार ३९२ मत प्राप्त गरी नगर प्रमुखमा निर्वाचित भएका हुन्।

निकटतम प्रतिद्वन्द्वी रहेका कांग्रेसका दिपेन्द्रकुमार चौधरीले ४ हजार १४३ मत प्राप्त गरेका छन्। यसअघि २०७४ को निर्वाचनमा एमालेबाट चुनाव लडेका कलवार ४४ मत अन्तरले पराजित भएका थिए। गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका योगेन्द्र चौधरीले २ हजार ७७८ मत ल्याएर गुप्तालाई पराजित गरेका थिए।

एकीकृत समाजवादीकी अनिताकुमारी चौधरी उपप्रमुखमा ४ हजार ९९८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी जल्पनाकुमार सरदारले ४ हजार २७१ मत प्राप्त गरिन्।

कांग्रेसले उपप्रमुखमा जल्पनालाई उम्मेदवार बनाएपछि गत निर्वाचनमा कांग्रेसबाट निर्वाचित उपप्रमुख कविताकुमारी सरदार लोसपाबाट उम्मेदवार बनेकी थिइन्। कविता १ हजार १८८ मत ल्याएर छैटाैं स्थानमा रहेकी छिन्।

वडा अध्यक्षमा एकीकृत समाजवादी र कांग्रेसले ५/५, जसपा र लोसपाले १/१ वडा अध्यक्षमा निर्वाचचित भएका छन् । एकीकृत समाजवादीबाट वडा नम्बर ४ मा विजयकुमार साह, ८ मा इन्द्रकान्त चौधरी, ९ मा प्रभु मलाहा, ११ मा राजकुमार साह र १२ मा सञ्जयकुमार साह वडा अध्यक्षमा निर्वाचित भएका छन्। 

यस्तै कांग्रेसबाट वडा नम्बर १ मा जिवछ साह, २ मा दुर्गानन्द भगत, ३ मा नविनकुमार चौधरी, ५ मा जामुनप्रसाद चौधरी र ६ मा सचेन्द्र प्रसाद चौधरी वडा अध्यक्ष निर्वाचित भएका छन्। वडा नम्बर ७ मा जसपाका गोपालप्रसाद चौधरी र वडा १० मा लोसपाका धर्मेन्द्र भनिने रामाकान्त मण्डल निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने