१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित

५ जेष्ठ २०७९, बिहीबार ११:२९

जेठ ५, काठमाडौँ । हालसम्म ५७० स्थानीय तहको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले १८३ पालिकाको मतगणना अन्तिम चरणमा रहेको बताए । 

हालसम्म २९ हजार ३०३ उम्मेदवार निर्वाचित भइसकेका छन् । जसमा प्रमुखमा १७४ जना, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६, वडाध्यक्षमा ५ हजार ६५९, महिला सदस्य ५ हजार ६५३, दलित महिला सदस्य ५ हजार ६५६ जना  र वडा सदस्य १ हजार २९५ जना निर्वाचित भएका प्रवक्ता पौडेलले बताए । 

३५ हजार २२१ पदमध्ये हालसम्म करिब ८० प्रतिशत स्थानको मतगणना सम्पन्न भइसकेको उनको भनाई छ ।  ५ जेठभित्रमा मतगणना सम्पन्न गर्न आयोगले यसअघि नै निर्देशन दिएको थियो । तर, मतगणना नसकिएका स्थानमा बढीभन्दा बढी जनशक्ति परिचालन गरेर मतगणना गर्न आयोगले निर्देशन पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार