२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

वीरेन्द्रनगरको प्रमुख र उपप्रमुखमा एमाले विजय

५ जेष्ठ २०७९, बिहीबार ११:३८

जेठ ५, सुर्खेत | कर्णाली प्रदेशको राजधानी समेत रहेकाे वीरेन्द्रनगर नगरपलिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजय भएकाे छ । प्रमुखमा मोहनमाया ढकाल (भण्डारी) र उपप्रमुखमा नीलकण्ठ खनाल विजयी भएका हुन् । 

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको हाे। नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै बहुमत वडासहित एमाले विजयी भएको हो ।

मेयरमा निर्वाचित मोहनमायाले १६ हजार ३८ मत पाइन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उपेन्द्र खड्काले १५ हजार ४८४ मत पाए । 

राप्रपाका मुकुन्दश्याम गिरीले ९ हजार ९८८ मत ल्याए ।

उपप्रमुखमा एमालेका निलकण्ड खनाल २० हजार ३६४ मत ल्याएर विजयी भए । माओवादी केन्द्रकी शान्ति ढकाल ११ हजार ५३३ मत ल्याएर हारिन् । राप्रपाकी लक्ष्मीकुमारी सार्कीले ३ हजार ६९७ मत पाइन् ।

१६ वटा वडा रहेको वीरेन्द्रनगरमा बहुमत वडामा एमालेका वडा अध्यक्ष विजयी भएका छन् । वडा नंं. १ मा दिनेश खत्री नेपाली कांग्रेस, वडा नंं २ मा गजबहादुर बुढा एमाले, वडा नंं ३ मा विनोदसिंह विष्ट एमाले, वडा नं. ४ मा शेरबहादुर केसी एमाले,  वडा नं. ५ मा लोकवहादुर शाही एमाले, वडा नं. ६ मा जनकबहादुर रावल कांग्रेस, वडा नं.७ मा ध्रुवकुमार चपाई कांग्रेस, वडा नं. ८ मा टीकाराम शर्मा एमाले,  वडा नं. ९ मा ऋषि गिरी एमाले, वडा नं. १० मा डिलबहादुर रखाल एमाले, वडा नं. ११ मा खिमलाल देवकोटा एमाले, वडा नं. १२ मा चुडामणि चपाई एमाले, वडा नं. १३ मा दीपेन्द्रराज कोइराला कांग्रेस, वडा नं. १४ः देवबहादुर रोकाय एमाले, वडा नं. १५ मा कृष्णबहादुर थापा कांग्रेस र वडा नं. १६ मा डण्डबहादुर विश्वकर्मा एमाले उम्मेदवारहरू विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’