२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महानगर र उपमहानगरमा स्वतन्त्रको क्रेज : गठबन्धन र एमालेलाई उछिनेर अघि बढ्दै

२०७९, ५ जेष्ठ बिहीबार ११:४५

जेठ ५, काठमाडौँ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको अहिले मतगणना भइरहेको छ। वडा र गाउँपालिकाको नतिजा लगभग अन्तिम चरणमा पुगेका छन् भने केही नगरपालिका, ९ उपमहानगरपालिका र ६ महानगरपालिकाको मत गणना जारी छ।

यो स्थानीय तह चुनावमा विशेष गरी गाउँपालिकामा स्वतन्त्र उम्मेदवारको राम्रै उपस्थिति छ। तर, अहिले विशेष गरी महानगरपालिका र उप-महानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवारले आफ्नो उपस्थिति जबर्जस्त बनाएका छन्।

यतिबेला सबैभन्दा धेरै चर्चा काठमाडौं महानगरमा बालेन साहको छ। जसले पुरानो विरासत बोकेका पार्टीलाई पछाडि छोडेर मेयरको दौडमा अगाडी रहेका छन्। त्यो पनि पाँच पार्टी एकातिर र सशक्त पार्टी एमालेको बीचबाट अघि निस्किएका बालेनले दुवै उम्मेदवारलाई निकै पछि छोडिसकेका छन्।

हालसम्म काठमाडौं महानगरपालिका प्रमुखमा बालेन्द्र शाहको हालसम्म २३ हजार ५८४ , नेकपा एमालेका केशव स्थापितको १२ हजार ३८० र नेपाली कांग्रेसकी सिर्जना सिंहको ११ हजार ४९९ मत प्राप्त भएको छ।

काठमाडौं मात्र होइन ११ वटामध्ये तीन वटा उपमहानगरमा पनि स्वतन्त्र उम्मेदवारको बलियो उपस्थितिले दलहरूलाई सोच्न बाध्य बनाएको छ।


यस्तै, धनगढी महानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमाल ११ हजार ३ सय १२ मतसहित अगाडि रहेका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका नृप बहादुर वडले उनको भन्दा आधा मत पनि पाउन सकेका छैनन्। उनले ५ हजार ४९० मत प्राप्त गरेका छन्। नेकपा एमालेका रण बहादुर चन्दको २ हजार ५६७ मत प्राप्त गरेका छन्।

यस्तै,  जनकपुरधाम उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवार कुमार साह सुडी ५ हजार २७९ मत प्राप्त गरि अग्रस्थानमा रहेका छन्। उनलाई नेकपा एमाले शिव शंकर साहले ३ हजार ४२० मतले पछ्याइरहेका छन्। यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मनोज चौधरीले २ हजार १३२ पाएर तेस्रो स्थानमा रहेका छन्।

यस्तै,  धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता रहेको छ। स्वतन्त्र उम्मेदवार  हर्क राज राई ८ हजार ६०६ मतसहित अगाडि रहेका छन्। दोस्रोमा नेपाली कांग्रेसका किशोर राई ८ हजार ४१५ मतसहित दोस्रोमा रहेका छन् भने नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदी  ६ हजार ८९८ मत सहित तेस्रो स्थानमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ