१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महानगर र उपमहानगरमा स्वतन्त्रको क्रेज : गठबन्धन र एमालेलाई उछिनेर अघि बढ्दै

५ जेष्ठ २०७९, बिहीबार ११:४५

जेठ ५, काठमाडौँ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको अहिले मतगणना भइरहेको छ। वडा र गाउँपालिकाको नतिजा लगभग अन्तिम चरणमा पुगेका छन् भने केही नगरपालिका, ९ उपमहानगरपालिका र ६ महानगरपालिकाको मत गणना जारी छ।

यो स्थानीय तह चुनावमा विशेष गरी गाउँपालिकामा स्वतन्त्र उम्मेदवारको राम्रै उपस्थिति छ। तर, अहिले विशेष गरी महानगरपालिका र उप-महानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवारले आफ्नो उपस्थिति जबर्जस्त बनाएका छन्।

यतिबेला सबैभन्दा धेरै चर्चा काठमाडौं महानगरमा बालेन साहको छ। जसले पुरानो विरासत बोकेका पार्टीलाई पछाडि छोडेर मेयरको दौडमा अगाडी रहेका छन्। त्यो पनि पाँच पार्टी एकातिर र सशक्त पार्टी एमालेको बीचबाट अघि निस्किएका बालेनले दुवै उम्मेदवारलाई निकै पछि छोडिसकेका छन्।

हालसम्म काठमाडौं महानगरपालिका प्रमुखमा बालेन्द्र शाहको हालसम्म २३ हजार ५८४ , नेकपा एमालेका केशव स्थापितको १२ हजार ३८० र नेपाली कांग्रेसकी सिर्जना सिंहको ११ हजार ४९९ मत प्राप्त भएको छ।

काठमाडौं मात्र होइन ११ वटामध्ये तीन वटा उपमहानगरमा पनि स्वतन्त्र उम्मेदवारको बलियो उपस्थितिले दलहरूलाई सोच्न बाध्य बनाएको छ।


यस्तै, धनगढी महानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमाल ११ हजार ३ सय १२ मतसहित अगाडि रहेका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका नृप बहादुर वडले उनको भन्दा आधा मत पनि पाउन सकेका छैनन्। उनले ५ हजार ४९० मत प्राप्त गरेका छन्। नेकपा एमालेका रण बहादुर चन्दको २ हजार ५६७ मत प्राप्त गरेका छन्।

यस्तै,  जनकपुरधाम उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवार कुमार साह सुडी ५ हजार २७९ मत प्राप्त गरि अग्रस्थानमा रहेका छन्। उनलाई नेकपा एमाले शिव शंकर साहले ३ हजार ४२० मतले पछ्याइरहेका छन्। यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मनोज चौधरीले २ हजार १३२ पाएर तेस्रो स्थानमा रहेका छन्।

यस्तै,  धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता रहेको छ। स्वतन्त्र उम्मेदवार  हर्क राज राई ८ हजार ६०६ मतसहित अगाडि रहेका छन्। दोस्रोमा नेपाली कांग्रेसका किशोर राई ८ हजार ४१५ मतसहित दोस्रोमा रहेका छन् भने नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदी  ६ हजार ८९८ मत सहित तेस्रो स्थानमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार