४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रुपन्देहीको सियारीमा अध्यक्ष र उपाध्यक्षसहित चार वडामा कांग्रेस निर्वाचित

५ जेष्ठ २०७९, बिहीबार १४:१९

जेठ ५, भैरहवा | रुपन्देहीको सियारी गाउँपालिकामा नेपाली काँग्रेसका थानेश्वर घिमिरे निर्वाचित भएका छन् ।  स्थानीय तह निर्वाचन २०७९ मा  उम्मेदवार बनेका घिमिरे १० हजार ४५ मत ल्याएर निर्वाचित भएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अयोध्या थारु ७ हजार २ सय ६८ मत प्राप्त गरे । घिमिरेले निवर्तमान अध्यक्षलाई २ हजार ७ सय ७७ मतले पछि पार्दै विजय निकालेका हुन् ।

त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार तारा थारु निर्वाचित भएकी छन् । थारुले  निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अमृता गुरुङलाई तारादेवी यादवले १ हजार ७ सय २१ मतले पछि पार्दै विजय निकालेकी हुन । निवर्तमान उपाध्यक्ष गुरुङले ७ हजार २ सय ६९ मत प्राप्त गरिन् भने निर्वाचित थारुले ८ हजार ९ सय ९० मत पाइन । 

यस्तै पालिका अध्यक्ष उपाध्यक्ष सहित वडामा पनि कांग्रेसले जित निकालेको छ । ७ वटा वडा रहेको सियारीको वडा नम्बर १ मा राप्रपाका अरुण कुमार शाही १ हजार ७९ मत ल्याएर विजयी भएका छन् । वडा नम्बर २ मा नेकपा एमालेका जनार्दन यादव १ हजार ३ सय ८ मत ल्याइ विजयी भएका छन्  भने ३ मा कांग्रेसका राम चन्द कुर्मी ८ सय ३२ मत ल्याइ विजयी भए  । वडा नम्बर ४ मा कांग्रेसकै श्रीराम यादव अहिर ८ सय ४३ मत ल्याइ विजयी भए भने ५ मा पनि कांग्रेसका धनपति खरेल ९ सय ७३ मत प्राप्त गरी विजयी हुन सफल भए ।

यस्तै वडा नम्बर ६ मा नेकपा एमालेका शेर बहादुर गुरुङले १ हजार ४ सय ६ मत ल्याइ विजयी भए  ।  भने ७ मा कांग्रेसकै दीपक बहादुर शाहीले २ हजार १ सय १२ मत प्राप्त गरी निर्वाचित भए ।  ७ वडा रहेको सियारीमा २७ हजार ७ सय ५३ मतदाता रहेकोमा २२ हजार ३८ जनाले मताधिकार प्रयोग गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ