जेठ ६, चितवन | चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । ५३ हजार ३४६ मत गणना हुँदा उनले मेयरमा ३ हजार ३ सय ७ मतको अन्तर बनाएकी हुन् ।
दाहालले २० हजार २ सय २४ मत पाउँदा एमाले उम्मेदवार विजय सुवेदीले १६ हजार ९ सय १७ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार दिएका जगन्नाथ पौडेल ७ हजार ८ सय ४० मत पाएका छन् ।