जेठ ६, काठमाडौँ । काठमाडौं महानगरमा जारी मतगणनामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् । पछिल्लो ताजा मत परिणाम अनुसार उनले २६६०१ मत प्राप्त गरेका छन् ।
बालेनले पाएको मत उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उममेदवार केशव स्थापितको भन्दा १२२१५ मतले बढी हो । यो मतान्तर जारी मत परिणामको हालसम्मकै उच्च मतान्तर हो । स्थापितले अहिलेसम्म १४३८६ मत प्राप्त गरेका छन् ।
यसरी हेर्दा शाहले स्थापितसँगको मतान्तर निरन्तर बढाईनै रहेका छन् । यस अघि बिहान साढे ५ बजेको मत परिणामको अग्रतालाई हेर्ने हो भने स्थापित र बालेनबीच १२ हजार १९ मतको अग्रता रहेको थियो ।
उपमेयरमा भने एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । उनले अहिलेसम्म २६५७५ मत पाएकी छन् । त्यस्तै एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८५९१ मत पाएका छन् ।