जेठ ६, चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेणु दाहालले अग्रता कायमै राखेकी छन् ।
केहीबेरअघि सार्वजनिक मतपरिणामअनुसार हालसम्म कुल ५४ हजार २ सय ४४ मतगणना गर्दा उनले मेयरमा ३ हजार २ सय ८४ मतको अन्तर बनाएकी हुन् | माओवादी केन्द्रकी रेणु दाहालले २० हजार ५ सय ५७ मत ल्याएकी छन् भने एमालेका मेयरका उम्मेदवार विजय सुवेदीले १७ हजार २ सय ७३ मत ल्याएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ९०२ मत पाएका छन्।
यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २३ हजार १९ र राप्रपाकी हिमला गुरुङले १३ हजार ७ सय १३ मत पाएकी छन् ।