२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गण्डकीका २१ पालिका प्रमुखः जो दोहोरिएर चुनाव लड्दा पराजित भए

२०७९, ६ जेष्ठ शुक्रबार ०७:२६

जेठ ६, पोखरा | गण्डकी प्रदेशका २१ पालिकामा दोहोरिन खोज्ने जनप्रतिनिधि पराजित भएका छन् । ८५ मध्ये ४२ पालिकामा प्रमुखले दोस्राे कार्यकालका लागि उम्मेद्वारी दिएका थिए भने १९ जना उपप्रमुखले दोहोर्‍याएर मनोनयन दिएका थिए । बाँकी २० जनाले प्रमुखमा चुनाव जितेका छन् भने एकजनाको मतगणना भइरहेको छ ।

गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर राना, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, पालुङटारका मेयर दिपकबाबु कँडेल, चुमनुब्रीका अध्यक्ष धनबहादुर गुरुङ, धार्चेका अध्यक्ष सन्तबहादुर गुरुङ पराजित भए । लमजुङको राइनास नगरपालिकाको मेयरमा उम्मेद्वारी दिएका सिहंबहादुर थापा पराजित भए ।

कास्कीको अन्नपूर्णका अध्यक्ष युवराज कुँवर हारेका छन् । उता स्याङजाको पुतलीबजार नगरपालिका मेयर सीमा क्षेत्री र वालिङ नगरपालिका प्रमुख दीलिपप्रताप खाँडले पनि चुनाव जित्न सकेनन् । पर्वत फलेवास नगरपालिका मेयर पदमपाणी शर्माले चुनाव जितेनन् ।

बागलुङ नगरपालिका मेयर जनक पौडेल हारे भने ताराखोलाका अध्यक्ष प्रकाश घर्ती स्वतन्त्र उठेर चुनाव हारेका छन् । उनले पार्टीबाट टिकट मागेका थिए । तर, पार्टीले नदिएपछि उनी बागी उठेका हुन् । त्यहाँ माओवादीकै उम्मेद्वारले चुनाव जितेका छन् । म्याग्दीको धवलागिरी गाउँपालिका अध्यक्षमा थमसरा पुन पराजlत भइन् भने मालिका गाउँपालिकामा श्रीप्रसाद रोका हारेका छन् ।

तनहुँको म्याग्देमा माया राना, देवघाटमा दुर्गबहादुर थापा, आँबुखैरेनीमा गीरबहादुर थापा तथा बन्दीपुरको अध्यक्षमा पूर्णसिंह थापा पराजित भए । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा डम्बरबहादुर जिसी पराजित हुँदा गैंडाकोटमा छत्रराज पौडेल पनि हारेका छन् । यस्तै, बुलिङटार गाउँपालिका अध्यक्षमा शशिकुमार बस्ताकोटी दोस्राे पटक उठ्दा पराजित भए ।

२० जनाले दोस्राे कार्यकालका लागि पनि प्रमुखमा चुनाव जितेका छन् । लमजुङको मर्स्याङ्दीका अध्यक्ष अर्जुन गुरुङ, बेंशिसहरका मेयर गुमानसिंह अर्याल र मध्येनेपालका मेयर रमेशबाबु पाण्डे विजयी भएका छन् । गोरखाबाट शहिद लखनको अध्यक्षमा रमेशबाबु थापा र बारपाक सुलिकोटको अध्यक्षमा दोहोरिएका विष्णु भट्ट भने दोस्राे पटक पनि निर्वाचित भएका छन् । मनाङको चामे गाउँपालिका अध्यक्षमा लोकेन्द्र घले तथा मनाङ ङिस्याङ गाउँपालिका अध्यक्षमा कान्छा घले दोहोर्‍याएर अध्यक्षमा निर्वाचित भएका छन् ।

कास्कीको रुपा गाउँपालिका अध्यक्षमा नवराज ओझाले दोहोर्‍याएर जिते । स्याङजाको हरिनास अध्यक्षमा खीमनारायण मानन्धर दोहोरिए भने कालिगण्डकी अध्यक्षमा खीम थापा र फेदीखोलाको अध्यक्षमा घनश्याम सुवेदी दोहोरिएका छन् । पर्वत कुश्माका मेयर रामचन्द्र जोशी दोहोरिए ।

बागलुङको तमानखोलामा जोकलाल बुढा र ढोरपाटनमा देवकुमार नेपालीले पुनः चुनाव जितेका छन् । गलकोटका मेयर भरत शर्मा गैह्रेलाई दोहोर्‍याएकाेमा उनी निर्वाचित भएका छन् ।

म्याग्दीको रघुगंगा गाउँपालिका अध्यक्षमा भवबहादुर भण्डारीले दोस्राे पटक पनि बाजी मारे भने मंगलामा सतप्रसाद रोकाले चुनाव जितेका छन् । मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा लोप्साङ छोम्पेल विष्ट (राजु) पुनः निर्वाचित भए । तनहुँको ऋषिङमा राजेन्द्र कृष्ण श्रेष्ठ दोस्राे पटक निर्वाचित भए । नवलपुरको हुप्सेकोट गाउँपालिका अध्यक्षमा लक्ष्मीदेवी पाण्डे विजयी भएकी छिन् ।

कांग्रेसले २६ जनालाई दोहोर्‍याएको थियो भने एक जनालाई उपाध्यक्षबाट अध्यक्षमा बढोत्तरी गरेर उठाएको थियो । थासाङ गाउँपालिका उपाध्यक्ष बालकुमारी शेरचनलाई अध्यक्ष उठाए पनि उनी पराजित भएकी छिन् । अर्जुनचौपारीकी बहालवाला उपाध्यक्ष चिनमाया गुरुङलाई पनि एमालेले अध्यक्षमा उठाइएकोमा उनी पराजित भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन