२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुरको पछिल्लो मतपणना अपडेट: ४४ प्रतिशत मत गनियो, कसको कति मत आयो ?

२०७९, ६ जेष्ठ शुक्रबार ०७:४०

जेठ ६, चितवन । भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छिन् । ४४ प्रतिशत मतगणना हुँदा नेकपा माओवादी केन्द्रकी दाहालले २१ हजार ८५ मत पाएकी छिन् ।

उनलाई पछ्याउँदै नेकपा एमालेका विजय सुवेदीले १७ हजार ८१८ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार २६ मत ल्याएका छन् । विवेकशीलका प्रविन काफ्लेले १३५ मत ल्याएका छन् ।

 भरतपुरमा रेनुलाई दुई हजार मतको अग्रता :: सेतोपाटी संवाददाता :: Setopati

त्यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २३ हजार ४८७ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी हिमला गुरुङले १४ हजार १४४ मत प्राप्त गरेकी छिन् । त्यस्तै, विवेकशील साझा पार्टीका पुष्पा सापकोटाले १०३ मत ल्याएकी छिन् । भरतपुरमा एक लाख २७ हजार ५६६ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते