२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार हमाललाई नौ हजार नौ सय मतान्तरको अग्रता

२०७९, ६ जेष्ठ शुक्रबार ०९:४०

जेठ ६, धनगढी | सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता फराकिलो बनाउँदै लगेका छन्। हमालले गठबन्धनका उम्मेदवारलाई दोब्बरभन्दा बढी मतले पछि पारेका छन्।

              

शुक्रबार दिउँसोसम्म ४३ हजार एक सय २३ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार हमाल १९ हजार ६ सय २१ मतसहित अग्र स्थानमा छन्। गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले नौ हजार सात सय ११ मत पाएका छन्। उनीहरूबीचको मतान्तर नौ हजार नाै सय १० छ। मेयरमा नेकपा एमालेका उम्मेदवार तेस्रो स्थानमा छन्। एमालेका रणबहादुर चन्दले चार हजार सात सय ३४ मत पाएका छन्।

गठबन्धनबाट उपमेयरका उम्मेदवार माओवादीकी शान्ति अधिकारीले आठ हजार नाै सय ५९ मतसहित अग्रता कायम राखेकी छिन्। उपमेयरमा एमालेकी कन्दकला रानाले आठ हजार दुई सय ८७ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले पाँच हजार दुई सय ६४ मत पाएका छन्। धनगढीमा ६३ हजार सात सय १५ मत खसेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते