२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुर मत अपडेट : रेणु विजयभन्दा ५ हजार ८ सय १४ मत अन्तरले अगाडि

२०७९, ७ जेष्ठ शनिबार १०:१६

जेठ ७, चितवन । चितवनको भरतपुर महानगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की मेयर पदकी उमेदवार रेणु दाहालले निकटतम प्रतिस्पर्धीलाई फराकिलो अन्तरले पछि छाडेकी छन् । ७६ हजार ५ सय ६६ मतगणना गर्दा माओवादी केन्द्रकी  रेणुले २९ हजार ६ सय ७५ मत पाएकी छन् भने नेकपा एमालेका उमेदवार विजय सुवेदीले २३ हजार ८ सय ६१ मत ल्याएका छन् । रेणु विजयभन्दा ५ हजार ८ सय १४ मत अन्तरले अगाडि छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १० हजार ४ सय २४ मत प्राप्त गरेका छन् । 

यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३२ हजार मत पाउँदा राप्रपाकाका उमेदवार हिमला गुरुङले १८ हजार ४ सय ९४ मत प्राप्त गरेकी छन् । अहिले वडा नम्बर १५ र १६ को मतगणना भइरहेको छ । दुवै वडाका कांग्रेस उमेदवारको अग्रता छ । भरतपुरमा एक लाख २७ हजारभन्दा बढी मत खसेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी