पाेखराको मेयरमा धनराज आचार्य ३,२७२ मतले अगाडि

Posted on: 21 May, 2022

जेठ ७, पोखरा | पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेदवार दिएका नेकपा समाजवादका धनराज आचार्यले अग्रता कायमै राखेको छन् |

अहिलेसम्म ९२ हजार ५ सय ६१ मत गन्दा गठबन्धनका तर्फबाट नेकपा समाजवादीका मेयर धनराज आचार्यले ३७ हजार १ सय २२ मत ल्याएका छन् । नेकपा एमालेका  कृष्ण थापाले ३३ हजार ८ सय ५० मत ल्याएका छन् । राप्रपाका श‌ङ्कर खरालले ४ हजार २ सय २८ मत तथा  स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २ हजार ४ सय ४५ मत प्राप्त गरेका छन् \

त्यस्तै उपमेयरमा एमालेकी मञ्जुदेवि गुरुङले  ३८ हजार ५ सय ७६ मत ल्याएकी छन् भने कांग्रेसकी कोपिला रानाभाटले ३७ हजार ५ सय ४५ मत प्राप्त गरेकी छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!