१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँका वडा नम्वर १२, २३ र २४ को मतगणना: वालेन तेश्रो स्थानमा

८ जेष्ठ २०७९, आईतवार ०२:०५

जेठ ८, काठमाडौँ । काठमाडौं महानगरपालिकाको एक लाखभन्दा धेरै मत गनिसक्दा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता कायमै राखेका छन् । तर कोर वडाहरुमा बालेनले कम मत पाउने भनेर गरिएको विश्लेषण वडा नम्वर १२, २३ र २४ को मत परिणाम अनुसार मिल्न गएको छ । 

काठमाडौँ वडा नम्वर १२, २३ र २४ को मतगणना अनुसार बालेनले एमाले उमेदवार केशव स्थापित र गठबन्धनका उम्मेदवारले भन्दा कम मत पाएका छन् । यी वडाहरुमा मत गणना अझै सम्पन्न भई सकेको छैन । वडा नम्वर १२ को मत परिणामलाई हेर्ने हो भने यस वडामा सबैभन्दा बढी मत सिर्जना सिंहले प्राप्त गरेकी छन् । यस वडामा सिंहले २५५ मत प्राप्त गर्दा स्थापितले १९६ मत पाएका छन् । त्यस्तै बालेन शाहले ९६ मत मात्र पाएका छन् । 

त्यस्तै वडा नम्वर २३ मा पनि मत गणना अझै सम्पन्न भई सकेको छैन तर यो वडामा पनि बालेन शाह तेश्रो स्थानमा छन् । यहाँ स्थापितले १७० मत प्राप्त गर्दा सिंहले १२७ र बालेनले १०९ मत पाएका छन् । 

त्यस्तै काठमाडौँ वडा नम्वर २४ मा पनि केहि मतगणना गर्दा केशव स्थापितले सबैभन्दा बढी ६६४ मत पाएका छन् । यहाँ अर्की उम्मेदवार सिंहले ५३८ मत पाउँदा बालेन शाहले ४२३ मत पाएका छन् । 

यता वडा नम्वर २५ को मतगणना अनुसार बालेन दोश्रो स्थानमा छन् । यहाँ बालेनले ५४७ मत प्राप्त गर्दा स्थापितले ७४४ मत पाई सकेका छन् । त्यस्तै सिंहले यस वडामा ५३१ मत पाएकी छन् ।

बालेनको अग्रता


हालसम्म प्राप्त काठमाडौँ महानगरको मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहनै सबैभन्दा अगाडी छन् । हालसम्म १ लाख ६ हजार ८५२ मत गणना हुँदा बालेनले ३८ हजार ३३३ मत पाएका छन् । त्यस्तै दोश्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंह दोस्रो स्थानमा रहँदै २१ हजार २९९ मत पाएकी छन् । एमाले उम्मेदवार केशव स्थापित तेश्रो स्थानमा रहँदै २१ हजार ८ मत पाएका छन् । लागातार दोश्रो स्थानमा रहेका स्थापित सनिबारदेखि तेश्रो स्थानमा झरेका हुन् । पहिलो स्थानमा रहेका बालेन र सिर्जनाबीचको मतान्तर १७ हजार ३४ छ भने स्थापितसँग बालेनको मतान्तर १७ हजार ३२५ रहेको छ ।

यता सिर्जना र स्थापितको मतान्तर भने २९१ मत मात्र छ ।

हालसम्म काठमाडौँका बिभिन्न १३ वडाहरुको मतगणना सम्पन्न भएको छ । अहिले वडा नम्बर ७, ९, १०, ११, १२, २३, २४, २५ र २६ को मतगणना राष्ट्रिय सभा गृहमा जारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने