२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँका वडा नम्वर १२, २३ र २४ को मतगणना: वालेन तेश्रो स्थानमा

२०७९, ८ जेष्ठ आईतवार ०२:०५

जेठ ८, काठमाडौँ । काठमाडौं महानगरपालिकाको एक लाखभन्दा धेरै मत गनिसक्दा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता कायमै राखेका छन् । तर कोर वडाहरुमा बालेनले कम मत पाउने भनेर गरिएको विश्लेषण वडा नम्वर १२, २३ र २४ को मत परिणाम अनुसार मिल्न गएको छ । 

काठमाडौँ वडा नम्वर १२, २३ र २४ को मतगणना अनुसार बालेनले एमाले उमेदवार केशव स्थापित र गठबन्धनका उम्मेदवारले भन्दा कम मत पाएका छन् । यी वडाहरुमा मत गणना अझै सम्पन्न भई सकेको छैन । वडा नम्वर १२ को मत परिणामलाई हेर्ने हो भने यस वडामा सबैभन्दा बढी मत सिर्जना सिंहले प्राप्त गरेकी छन् । यस वडामा सिंहले २५५ मत प्राप्त गर्दा स्थापितले १९६ मत पाएका छन् । त्यस्तै बालेन शाहले ९६ मत मात्र पाएका छन् । 

त्यस्तै वडा नम्वर २३ मा पनि मत गणना अझै सम्पन्न भई सकेको छैन तर यो वडामा पनि बालेन शाह तेश्रो स्थानमा छन् । यहाँ स्थापितले १७० मत प्राप्त गर्दा सिंहले १२७ र बालेनले १०९ मत पाएका छन् । 

त्यस्तै काठमाडौँ वडा नम्वर २४ मा पनि केहि मतगणना गर्दा केशव स्थापितले सबैभन्दा बढी ६६४ मत पाएका छन् । यहाँ अर्की उम्मेदवार सिंहले ५३८ मत पाउँदा बालेन शाहले ४२३ मत पाएका छन् । 

यता वडा नम्वर २५ को मतगणना अनुसार बालेन दोश्रो स्थानमा छन् । यहाँ बालेनले ५४७ मत प्राप्त गर्दा स्थापितले ७४४ मत पाई सकेका छन् । त्यस्तै सिंहले यस वडामा ५३१ मत पाएकी छन् ।

बालेनको अग्रता


हालसम्म प्राप्त काठमाडौँ महानगरको मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहनै सबैभन्दा अगाडी छन् । हालसम्म १ लाख ६ हजार ८५२ मत गणना हुँदा बालेनले ३८ हजार ३३३ मत पाएका छन् । त्यस्तै दोश्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंह दोस्रो स्थानमा रहँदै २१ हजार २९९ मत पाएकी छन् । एमाले उम्मेदवार केशव स्थापित तेश्रो स्थानमा रहँदै २१ हजार ८ मत पाएका छन् । लागातार दोश्रो स्थानमा रहेका स्थापित सनिबारदेखि तेश्रो स्थानमा झरेका हुन् । पहिलो स्थानमा रहेका बालेन र सिर्जनाबीचको मतान्तर १७ हजार ३४ छ भने स्थापितसँग बालेनको मतान्तर १७ हजार ३२५ रहेको छ ।

यता सिर्जना र स्थापितको मतान्तर भने २९१ मत मात्र छ ।

हालसम्म काठमाडौँका बिभिन्न १३ वडाहरुको मतगणना सम्पन्न भएको छ । अहिले वडा नम्बर ७, ९, १०, ११, १२, २३, २४, २५ र २६ को मतगणना राष्ट्रिय सभा गृहमा जारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी