४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सप्तरीको छिन्नमस्ता गाउँपालिका अध्यक्ष चाैधरी सप्तरीकै कान्छो पालिका प्रमुख

८ जेष्ठ २०७९, आईतवार ०९:५२

जेठ ८, सप्तरी | सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का विद्यान्नद चौधरी र उपाध्यक्षमा माओवादी केन्द्रकी राजुदेवी यादव विजयी भएका छन्।

२६ वर्षीय चौधरी ११ सय २९ मतअन्तरले विजयी भएका हुन् । उनी जिल्लाकै कान्छो पालिका प्रमुख भएका छन्।  उनले दुई हजार ८९५ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी नेपालको सत्यनारायण यादवले १७ सय ६६ मत प्राप्त गरेका छन् ।

                         

उपाध्यक्षमा विजयी माओवादी केन्द्रकी राजुदेवी यादवले २४ सय ७२ मत प्राप्त गरी विजयी भएकी छन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी प्रमिलादेवी साहले १५ सय ९५ मत प्राप्त गरिन्।

शनिबार अबेर राति सातवटै वडाको मतगणा सकिएको निर्वाचन अधिकृत सूर्यराज घिमिरेले जानकारी दिए। कुल १७ हजार ७५७ मतदाता रहेको छिन्नमस्ता गाउँपालिकामा १३ हजार ७४४ मत खसेको थियो । 

छिन्नमस्ताको वडा नम्वर १ मा वडाध्यक्षसहित माओवादी केन्द्रका ललनप्रसाद यादवकाे प्यानल, वडा नम्वर २ मा जनमत पार्टीका सिकेन्दर साह, वडा नम्बर ३ मा जसपाका विजय यादव, वडा नम्बर ४ मा एकीकृत समाजवादीका सूर्यनरायण यादव (गयान्दन), वडा नम्बर ५ मा एमालेका जयप्रकाश ठाकुर, वडा नम्वर ६ मा माओवादी केन्द्रका कपलेश्वर साह र वडा नम्वर ७ मा एमालेका अच्छेलाल यादव निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ