१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिर्जना सिंहको वडामा बालेन दोब्बर बढीले अगाडि, स्थापितको वडामा २४ मतले मात्रै पछि

११ जेष्ठ २०७९, बुधबार ११:५०

जेठ ११, काठमाडौं | काठमाडौं महानगरपालिकामा स्थानीय चुनाव २०७९ को मतगणना जारी छ । अहिले वडाहरु १३, १४, १५, १६ र १७ को मतपत्र गणना भइरहेको छ । 

निर्वाचनघि काठमाडौंमा नेपाली कांग्रेसबाट उठेकी सिर्जना सिंह र नेकपा एमालेबाट उठेका केशव स्थापितबीच कडा प्रतिस्पर्धा हुने आकलन भएका थिए । तर त्यस विपरीत स्वतन्त्र उमेदवार बालेन साहले काठमाडौं महानगरको नेतृत्व सम्हाल्दैछन् ।

काठमाडौं महानगरमा सिर्जना सिंह भन्दा बालेन दोब्बर मतले पछाडि, केशव स्थापित  तेस्रो « News of Nepal

अहिले गत गणनामा बालेन सबैभन्दा अघि र सिंह तथा स्थापितबीच दोस्रो र तेस्रो स्थानको लागि कडा टक्कर भइरहेको छ । 

स्थापितले वडा नं. २८ बाट मत खसालेका थिए । उक्त वडामा २ हजार ९९७ मत खसेकोमा स्थापितले ७४१, बालेनले ७१७ र सिंहले ७१० मत प्राप्त गरेकी छन् । स्थापितकै वडामा बालेन २४ भोटलेमात्रै पछि छन् । तर उक्त वडामा कांग्रेसका उमेदवार भने वडाध्यक्ष निर्वाचित भएका थिए ।

अहिले वडा नं. १६मा मतगणना भइरहेको छ । उक्त वडा सिंहको हो र त्यहाँ १२ हजार ३३६ मत खसेको छ । हालसम्म ७ हजार ४६८ मत गणना भएकोमा बालेनले सबैभन्दा बढी २ हजार ९५९ मत प्राप्त गरिसकेका छन् भने सिंहले १ हजार ३८५ र स्थापितले १ हजार १३१ मत प्राप्त गरेका छन् । 

हालसम्म बालेनले ५५ हजार ६२६मत प्राप्त गरिसकेका छन् भने सिंहले ३५ हजार ३७१ र स्थापितले ३४ हजार ६२६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी