२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

चुनावमा अन्तर्घात गर्नेको नामावली संकलन गर्दै जाजरकोट कांग्रेस

२०७९, १२ जेष्ठ बिहीबार ०१:४८

जेठ १२, सुर्खेत | नेपाली कांग्रेस जाजरकोटले स्थानीय चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन अन्तर्घात गर्नेमाथि कारबाही गर्ने भएको छ । 

अनुशासन विभागका संयोजक खडकबहादुर बुढाले आन्तरिक सर्कुलर गरेर सातै वटा पालिकामा पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारलाई  हराउन भूमिका खेल्नेको नामावली पठाउन भनिएको बताए । 

माओवादी केन्द्रले समेत पार्टीभित्र अन्तर्घातबारे छलफल सुरु गरेको छ । वडादेखि पालिका, प्रदेश हुँदै केन्द्रमा समेत समीक्षाको सार पठाउन माओवादीले अन्तरिक सर्कुलर गरेको छ । जाजरकोटमा सबैभन्दा क्षति माओवादीलाई भएको छ । 

माओवादीले अध्यक्ष र मेयर उम्मेदवार पठाएको ठाउँमा कांग्रेसले सहयोग नगरेको माओवादी आरोप छ । छेडागाड नगरपालिका, कुशे र शिवालय गाउँपालिकामा कांग्रेसले जितेको छ । माओवादीले नलगाडमा मात्र मेयर जितेको छ ।  छेडागाडमा उपमेयर , शिवालयमा उपाध्यक्ष , बारेकोटमा उपाध्यक्ष माओवादीले जितेको छ । बारेकोटमा गठबन्धनको तर्फबाट कांग्रेसबाट अध्यक्षका उम्मेदवार महेन्द्रबहादुर शाह पराजित भए । बारेकोटमा एमालेका उम्मेदवार वीरबहादुर गिरी विजयी भए । 

जुनिचाँदेमा माओवादीको तर्फबाट गठबन्धनकी अध्यक्षको उम्मेदवार शिवा आचार्यलाइ हराएर एमालेका उम्मेदवार वेदबहादुर शाहीले जिते । भेरीमा गठबन्धनका तर्फबाट माओवादी तर्फबाट मेयरका उम्मेदवार गगनबहादुर खड्कालाइ हराएर एमालेका चन्द्रप्रकास घर्ती विजयी भएका थिए । उममेयरमा गठबन्धनकै उम्मेदवार कांग्रेसको तर्फबाट सीता जैसी विजयी भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी