४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रौतहटमा कांग्रेस बन्यो ठूलो दल

१२ जेष्ठ २०७९, बिहीबार ०५:२२

जेठ १२, रौतहट | स्थानीय तह निर्वाचनको मतपरिणाममा रौतहटमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । स्थानीय तह निर्वाचनमा कांग्रेसले सात, नेकपा एकीकृत समाजवादीले चार, एमालेले तीन, लोसपाले दुई, जसपाले एक र माओवादी केन्द्रले एक पालिकामा जित हात पारेको हो । 

नेपाली कांग्रेससँग अहिले १४ जना पालिका प्रमुख र उपप्रमुख छन् । रौतहटमा का‌ंग्रेसले सात पालिकामा जित हात पारेको हो । कांग्रेसले फतुवा विजयपुर नगरपालिका, राजपुर नगरपालिका, कटहरिया नगरपालिका, गढीमाई नगरपालिका, चन्द्रपुर नगरपालिका, परोहा नगरपालिका र माधव नारायण नगरपालिकामा जित हात पार्दै जिल्लाको ठूलाे दल हुन सफल भएको छ । का‌ंग्रेससग सात प्रमुख र सात उपप्रमुख गरी १४  सहित ठूलो दल बनेको हो । 

यस्तै, एकीकृत समाजवादीले चार पालिकामा जित हासिल गर्दै दोस्रो ठूलो दल बनेको छ । एकीकृत समाजवादीले वृन्दावन नगरपालिका, गौर नगरपालिका, बौधीमाई नगरपालिका र राजदेवी नगरपालिकामा विजयी भएको छ । 

एमालेले  देवाही गोनाही नगरपालिका, गरुडा नगरपालिका र मौलापुर नगरपालिकामा जित हात तेस्रो ठूलो दल बनेको छ ।  २०७४ को निर्वाचनमा रौतहटबाट क्लिन स्विप भएको एमालेले यो पटक तीन पालिकामा जित हात पार्दै तेस्रो ठूलो दल बन्न सफल भएको हो । 

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ईशनाथ नगरपालिका र यमुनामाई गाउँपालिकामा जित हासिल गर्दै चौथो स्थानमा छ । गुजरा नगरपालिकामा जनता समाजवादी पार्टी नेपालले र दुर्गा भगवती गाउँपालिकामा माओवादी केन्द्रले जित हात पार्दै दुबै पाँचौं स्थानमा छन् । 

२०७४ को निर्वाचनमा तीन पालिकामा जित हासिल गरेको माओवादी केन्द्रले रौतहटमा यो पटक हालसम्ममा एयटा पालिकामा जित हासिल गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ