२७ चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

द्वीपक्षीय विवादले लियो राजनीतिक रंग, विज्ञप्तीवाजीमा उत्रिए दल

१३ जेष्ठ २०७९, शुक्रबार ०१:५५

जेठ १३, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा होटलमा भएको द्वीपक्षीय विवादले राजनीतिक रुपमा लिएको छ । बुधबार राति पूर्वसांसद एवं माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राईमाथि हातपात भएको तथा स्थानीय पूर्णबहादुर राई घाइते भएको विषयलाई राजनीतिकरण गरिएको हो । सो घटनालाई लिएर कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीको गठबन्धन दल पूर्वसांसद राईको पक्षमा र एमाले पूर्णबहादुरको पक्षमा उभिएर आरोप प्रत्यरोपमा उत्रिएका छन् । 

गठबन्धन दलले पूर्वसांसद राईमाथि आक्रमण भएको भन्दै बिहीबार बिज्ञाप्तीमार्फत दोषीमाथि कारबाही माग गरेको छ । एमालेले पनि विज्ञाप्तीमार्फत पूर्वसांसद राई, विवेक राई, पदमा विक लगायत चार जनाले पूर्णबहादुरलाई मरणासन्न हुनेगरी कुटपिट गरी घाइते बनाएको आरोप लगाएको छ । 

कुटपिटबाट घाइते भएका पूर्णबहादुरलाई जालपा सामुदायिक अस्पतालमा सामान्य उपचार गरेपछि जिल्ला अस्पताल लगिएको थियो । उनको टाउकोमा चार टाँका चोट लागेको छ । घाँटीमा चोट तथा अनुहारमा निलडाम लागेको देखिएको छ । टाउकोमा चोट लागेको भन्दै जिल्ला अस्पतालले रेफर गरेपछि उनलाई बिहीबार साँझ काठमाडौं पठाइएको छ । 

पूर्वसांसदमाथि आक्रमण गर्ने भनिएकै व्यक्ति घाइते भएर अस्पतालमा भर्ना भएकाले घटनालाई कुप्रचार गरी ढाकछोपको प्रयत्न गरिएको एमालेको विज्ञप्तीमा उल्लेख छ । ‘घटना योजनावद्ध र सुनियोजित देखिन्छ । घटनालाई लुकाउने र अन्यत्र मोड्न विभिन्न किसिमका कुप्रचार गरी सत्यतथ्यलाई कमजोर बनाउन विभिन्न बाहनाबाजी गरेको देखिन्छ,’ एमाले अध्यक्ष रामप्रसाद दंगालले जारी गरेको विज्ञाप्तीमा भनिएको छ, ‘घाइतेको शिघ्र उपचारको व्यवस्था मिलाइ दोषीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न सम्बन्धीत निकाय समक्ष जोडदार माग गर्दछौँ ।’ 

गठबन्धनकातर्फबाट कांग्रेस सभापति बिष्णुकुमार राई, माओवादी केन्द्रका जिल्ला संयोजक दिपक पाण्डे, नेकपा एसका अध्यक्ष जलसेर राई र जनता समाजवादीका अध्यक्ष टंक थापाले संयुक्त विज्ञप्ती जारी गर्दै पूर्वसांसद राईमाथि अराजक, उच्छृंखल व्यक्तिबाट गाली बेइज्जत गर्ने, सांघातिक आक्रमण गर्ने निन्दनीय कार्य भएको भन्दै घोर भत्र्सना गरेका छन् । ‘कानुन हातमा लिएर भौतिक आक्रमण गर्ने, धाक धम्की दिने र त्रासदीपुर्ण गतिविधि गरिनु अशोभनिय र अक्षम्य कार्य हो,’ विज्ञाप्तीमा भनिएको छ, ‘यस घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाही गर्न प्रशासन समक्ष जोडदार माग गर्दछौँ ।’ 

पूर्वसांसद राईले खाना खाएर सुत्ने तरखर गरिरहेकाबेला नजिकै बन्दुकले हान्ने भन्दै हो–होल्ला गरेपछि गएर सम्झाउन खोज्दा आक्रमण भएको बताए । तर एमाले जालपाका वडाध्यक्षका उम्मेदवार पवन राईले पूर्णबहादुरलाई होटलमा कुटपिट गरेपछि उल्टै आक्रमणको आरोप लगाएको दावी गरेका छन् । पूर्णबहादुरमाथि स्थानीय तहको निर्वाचनमा मतदानस्थलको बार तोडेको, विजय जुलुसमाथि बोत्तल हानेको लगायतका आरोप छ । कुटपिटमा संलग्न भएको भन्दै पूर्णबहादुर पक्षले पूर्वसांसद राईसहित ६ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको छ ।

घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह नारायणी नदीमा बेपत्ता दिदीभाइको शव फेला कोशी पर्यटन वर्षको उद्घाटन गर्न गएनन् प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सकी स्वास्थ्य राज्यमन्त्री खदिजाबीच भेटवार्ता मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गरेको आरोपमा रौतहटका एक जना युवक पक्राउ साउनदेखि फागुन सम्ममा साढे १० खर्ब रेमिट्यान्स मुख्यमन्त्री सिंहले कूटनीतिक मर्यादाविपरीत भारत भ्रमणमा गएको विषयमा प्रस्ट्याए झापामा चट्याङ लागेर एकजनाको मृत्यु अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का टाउकोमा ढुंगा प्रहार गरी एकजनाको हत्या कमल थापाले तीनकुने घटनामा कुनै साइनो नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरेको भने विवाहका लागि तयारी चलिरहेको समयमा छोरीले‘इङ्गेजमेन्ट’गरेको केटासँग आमा फरार मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गयो त्रिवि क्रिकेट मैदानको निमार्णकार्य २५ प्रतिशत सम्पन्न आज पनि शिक्षकहरूको काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन नारायणी नदीबाट सशस्त्र प्रहरीको टोलीले दुई जनाको शव निकाल्यो अछाम आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने निर्णय गरे उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु शिक्षा मन्त्रालयले वार्ताका लागि आमन्त्रण गर्दा शिक्षक कर्मचारीहरू वार्तामा आएनन्, गोरखाको भीमसेनथापा गाउँपालिकाले पातपतिंगर संकलन गर्नेलाई नगद पुरस्कार प्रदान गर्ने