२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

स्वतन्त्रबाट लमजुङमा चार वडाध्यक्ष निर्वाचित

१३ जेष्ठ २०७९, शुक्रबार ०२:२४

जेठ १३, लमजुङ | लमजुङको आठ स्थानयि तहमध्ये चारमा नेपाली कांग्रेसले जितेको छ भने चारमा एमालेले जितेको छ । लमजुङका ७५ वडामध्ये चार वडाध्यक्षमा स्वतन्त्रका निर्वाचित भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार राइनास नगरपालिका ३ मा स्वतन्त्र उम्मेदवार देउबहादुर पौडेल वडाध्यक्षमा निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनले कांग्रेसका सुनील बख्रेललाई उम्मेदवार बनाएपछि माओवादी केन्द्रका पौडेलले बागी उम्मेदवारी दिएका थिए । उनी ४ सय ९ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । गठबन्धनका आधिकारिक उम्मेदवार कांग्रेसका बख्रेलले २ सय ७७ मत ल्याए । 

बेंसीसहर नगरपालिका ६ मा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उठेका प्रकाश थापाले वडाध्यक्ष जितेका छन् । उनले ५ सय २२ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भइरहँदा एमालेका नरबहादुर रिमालले ४ सय ९७ मत पाएका थिए । कांग्रेसका उद्धव बस्नेतले ३ सय ४३ मत ल्याएका छन् । दूधपोखरी गाउँपालिका ३ मा माओवादी समर्थित स्वतन्त्र उम्मेदवार श्याम गुरुङले वडाध्यक्ष जितेका छन् ।

गठबन्धनले उक्त वडा माओवादीको भागमा पारेको र माओवादीले औतराम तामाङले टिकट दिएपछि मीनले बागी उम्मेदवारी दिएका थिए । उम्मेदवारी मनोनयन दर्ताका दिन हेलिकोप्टर चार्टड गरेर आएका उनले २ सय २८ मत प्राप्त गरेर वडाध्यक्ष जिते । गठबन्धनका आधिकारिक उम्मेदवार माओवादी केन्द्रका औतराम तामाङले २ सय २४ मत ल्याए । एमालेका मानबहादुर घलेले ८१ मत ल्याएका छन् ।

दोर्दी गाउँपालिका ३ मा गठबन्धनले माओवादी केन्द्रका कुलप्रसाद श्रेष्ठलाई टिकट दिएपछि कांग्रेस समर्थित स्वतन्त्र उम्मेदवार कृष्णबहादुर गुरुङले बागी उम्मेदवारी दिएका थिए । उनले ३ सय ७१ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका छन् । गठबन्धनका आधिकारिक उम्मेदवार माओवादी केन्द्रका श्रेष्ठले ३ सय ४० मत ल्याए । एमालेका लोकराज घिमिरेले १ सय २२ मत ल्याएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’