१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेन काठमाडौं मेयरमा निर्वाचित भएसँगै र्‍याली सुरु,कति मत ल्याए?

१३ जेष्ठ २०७९, शुक्रबार ०५:१३

जेठ १३, काठमाडौं | काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएको औपचारिक घोषणासँगै बालेन शाहको विजय उत्सव शुरु भएको छ ।

मेयर निर्वाचित भएको घोषणासँगै समर्थकले बालेनको साथमा विजय जुलुस निकालेका छन् । उनीहरूले यसलाई विजय उत्सव नभई धन्यवाद र्‍याली भनेका छन् ।

Image Not Found

र्‍याली मतगणनास्थल राष्ट्रिय सभागृहबाट शुरु भएर भद्ररकाली–त्रिपुरेश्वर–माइतीघर–बबरमहल–बिजुली बजारबाट यूएन पार्कतर्फ मोडिने छ । 

त्यहाँबाट शान्तिनगर–तिनकुने–कोटेश्वर–जडीबुटी पुगेर पुनः कोटेश्वर–तिनकुने फर्किएर सिनामंगल–एयर्पोर्ट–तिलगंगा–गौशाला–चावहिल–महाराजगंज–सामाखुसी–नयाँ बसपार्क पुग्नेछ ।

र्‍याली नयाँ बसपार्क पुगेपछि बालाजु–स्वयम्भु हुँदै सितापाइला–कलंकी–बल्खु–कुलेश्वर–कालीकामी–टेकु–त्रिपुरेश्वर भएर रत्नपार्कस्थित खुलामञ्चमा सभामा परिणत हुनेछ ।

स्वतन्त्र उम्मेदवार शाह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन