२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले ललितपुर नेताको समीक्षा : आन्तरिक असहयोगका कारण पराजित भयौँ

१३ जेष्ठ २०७९, शुक्रबार ०८:३७

जेठ १३, ललितपुर | ललितपुरमा नेकपा एमालेले स्थानीय तह निर्वाचनमा पराजय भोग्नुको कारण आन्तरिक अहसयोग र गठबन्धन ठानिएको छ । निर्वाचन पराजय हुनुमा जिल्ला नेतृत्व नै कमजोर रहेको भन्दै एमाले नेताहरूको असन्तुष्टि  बढेको छ ।  

गोदावरी नगरपालिका मेयर उम्मेदवार गम्भीर राणा पार्टीभित्रैबाट सहयोग नहुँदा पराजय भोग्नु परेको बताउँछन् ।


उनी भन्छन्, ‘निर्वाचनमा लाग्दा भित्रैबाट सहयोग भएन ।’ उनी कांग्रेसका उम्मेदवार गजेन्द्र महर्जनसँग ३ हजार ९३८ मतले पराजित भए । 

महांकाल गाउँपालिकाकी अध्यक्ष उम्मेदवार कमला लामा पनि पार्टीभित्र राम्रो व्यवस्थापन नभएको कारण पराजय भोग्नु परेको बताउँछिन् । लामा गठबन्धनका उम्मेद्वार गणेश केसीसँग ५६८ मतले पराजित भइन् ।

नेकपा माओवादीको प्रभाव क्षेत्र मानिने बागमती गाउँपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार समेत रहेका पालिका कमिटी अध्यक्ष नवराज सञ्जेल एमालेको पराजय पाँच दलीय गठबन्धनसँग प्रतिस्पर्धा हुनु पनि रहेको बताउँछन् । 

आफूहरू पराजयको समीक्षा गरिरहेको बताउँदै सञ्जेल भन्छन्, ‘मलाई मत दिने मतदाताको भावना बुझेर ५ वर्ष पालिकामा काम गर्छु ।’

पार्टी अध्यक्ष पुरुषोत्तम आचार्य पार्टीभित्रै असहयोग भएको स्वीकार्दै आन्तरिक समस्या पनि पराजयको कारक रहेको बताउँछन् ।  

एमालेले महालक्ष्मी र कोञ्ज्योसोममा  प्रमुख पद जित्न सफल भयो भने ललितपुर महानगरमा उपमेयरसहित ११ वडामा वडाध्यक्ष जितेको छ ।

महालक्ष्मीमा  ६ वडामा वडाध्यक्ष, गोदावरी, कोज्योसोम र बागमतीमा १ वडामा वडाध्यक्ष  जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान