२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निजगढ विमानस्थल रोक्ने आदेशबारे माधव नेपालको टिप्पणी : यो कस्तो देश भएछ !

२०७९, १३ जेष्ठ शुक्रबार ११:०८

जेठ १३, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउनुको कारण के हो भनी प्रश्न गरेका छन् ।

बिहीबार सर्वोच्च अदालतले निजगढमा विमानस्थल बनाउने सरकारको निर्णय बदर गर्दै विकल्प खोज्न आदेश दिएको थियो । त्यसको भोलिपल्ट शुक्रबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै उनले कसको स्वार्थमा विमानस्थल निर्माण रोकिएको हो भनी प्रश्न गरेका हुन् ।


काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा धेरै अध्ययन गरेर निजगढ छनोट गरिएको भन्दै अध्यक्ष नेपालले त्यहाँ विमानस्थल बन्न रोक लगाउनु धेरै दुखद भएको बताए ।

‘मैले सुनेँ, निजगढ विमानस्थलमा रोक लगाउनु भनेर निर्णय भएछ, यो कस्तो देश भएछ हाम्रो !’ उनले आश्चर्य व्यक्त गरे ।

१० स्थानको गहिरो अध्ययन गर्दा अन्तर्राष्ट्रिय विमानस्थलको लागि सबैभन्दा उपयुक्त निजगढ नै देखिएको भन्दै नेता नेपालले त्यसको विकल्प के हुन सक्छ भनी प्रश्न गरे ।

निजगढमा नागरिक उड्डयन प्राधिकरणले ३ अर्ब रुपैयाँ खर्च गरिसकेको र त्यही प्रयोजनका लागि बनेको काठमाडौं मधेश फास्ट ट्रयाकमा २ खर्ब खर्च भइसकेको अवस्थामा विमानस्थल रोक्न आदेश हुनु दुखद भएको उनको भनाइ छ ।

‘यो रोक्ने कुराको पछाडिको कारण के हो ? अरु अरु चिजबाट प्रभावित भएजस्तो लाग्यो’ उनले भने । यस निर्णयको विषयमा अदालतले पनि विचार गर्नुपर्ने नेता नेपालको भनाइ छ । ‘यो निर्णयबारे सम्बन्धित निकायले पनि विचार गर्नुपर्छ’ उनले भने ।

राजनीतिक दलहरुले पनि यस विषयमा गम्भीरताका साथ छलफल अघि बढाउनुपर्ने अध्यक्ष नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन